• विश्व संगीत दिवस मनाइने

    म्यूजिक खबर
    प्रकाशित: २१ जेष्ठ २०७३, शुक्रबार

    नेपाल साङ्गगीतिक संघको नेतृत्वमा विश्व संगीत दिवस मनाइने भएको छ । असार ७ गते पर्ने विश्व संगीत दिवसलाई संघले हर्षोल्लासका साथ मनाउने निर्णय गरेको छ । विश्व संगीत दिवसलाई राष्ट्रियस्तरमा नै उत्कृष्ट बनाउँदै राष्ट्रिय नाचघरमा सम्पन्न गरिने संघका अध्यक्ष मिलन मोक्तानले बताए ।

    गत ४ वर्षदेखि नेपाल साङ्गगीतिक संघद्वारा आयोजना हँुदै आएको भएपनि यस वर्ष नयाँ संविधानमा समेत वौद्धिक सम्पत्तिको अधिकार प्राप्त विधान प्राप्त भएको खुशीयालीले पनि थप उर्जा बढेको मोक्तानले बताए । संगीत सम्वन्धि कार्यमा संलग्न सम्पूर्ण संघ, संस्था , प्रतिष्ठान, मन्त्रालयहरु,वित्तिय संस्थाहरु समेतले चासो राखी सहयोग प्रदान गर्ने बाचा गरिरहेका छन् । विभिन्न देशहरुका राजदुतावासमा समेत यस कार्यक्रमको जानकारी गराई कार्यक्रममा विदेशी कलाकारहरुको समेत सहभागी गराईने भएको छ ।

    world music day
    राष्ट्रिय नाचघरमा २ बजे देखि ६ बजे सम्म सञ्चालन हुने उक्त कार्यक्रममा सैनिक व्याण्ड, रेडियो नेपाल, साधना कला केन्द«, सांस्कृतिक संस्थानद्धारा सामुहिक प्रस्तुतिहरु समेत रहने हुदाँ कार्यक्रम ऐतिहासिक हुने कुरामा दुई मत देखिन्न । कार्यक्रम सम्पूर्ण संगीत विधाहरुको संयोजन गरी प्रस्तुत गरिने संघका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिए ।

    नेपालकै इतिहासमै यस्तो खालको कार्यक्रम सायद प्रथम पटक हुने भएको श्रेष्ठको दाबी छ । कार्यक्रममा लोकदोहोरी, लोकगीत, शास्त्रीय राग, शास्त्रीय वाध्यवादन, लोक वाध्यवादन, हेभिमेटल, ज्याज, वेष्ट्रन क्लासिकल, आधुनिक गीत, पप गीत, राष्ट्रिय गीत, चलचित्र गीत, आदि सम्पूर्ण खाले संगीत प्रस्तुत हूनेछ । यस कार्यक्रमको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु