• शंकर बिसी मोटो र कालो भएपछि चिन्ता

    म्यूजिक खबर
    प्रकाशित: १७ असार २०७४, शनिबार

    असार १७, काठमाडौं । शंकर बिसी भनेपछि म्यूजिक भिडियोको दुनियाँमा मोडल, निर्देशकका रुपमा परिचित छन् । लोकदोहोरीको क्षेत्रमा उनको परिचय निकै उचाइमा छ । यतिबेलाको कुरा गर्ने हो भने त वास्तवमै तिजको अवसरमा उनी मोडलिङ, निर्देशन गर्नमै व्यस्त छन् । तर यतिबेला नै उनी कालो हुँदै गएपछि चिन्ता बढेको छ । दिनको २–३ वटा तिज गीतको सुटिङ गर्नुपर्नेमा उनको मोटाइले गर्दा उनलाई मात्र होइन सबैलाई चिन्ता बनाएको छ । एक्कासी उनको मोटाइ देखेपछि सबै चकित बनेका छन् ।


    सन्दर्भ तिज गीतकै हो । लक्ष्मी आचार्य र खुमन अधिकारीको नयाँ गीत ‘भिटामीन’ को म्यूजिक भिडियोमा शंकर बिसीले ऋण खोजेर भिटामिन खाँदा मोटाएका हुन् । कालो मोटो हुँदै गएका शंकर बिसीलाई देखेर चिन्ता बढेको हो । प्रकाश भट्ट निर्देशित म्यूजिक भिडियो भिटामिनमा शंकर बिसी र सुष्मा अधिकारीको अभिनय रहेको छ । खुमन अधिकारी र लक्ष्मी आचार्यको स्वर रहेको यस गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने खुमन अधिकारीको लय रहेको छ । तिजे भाका भनिएको यस गीतमा फिल्म खेल्नका लागि ज्यान चाहिन्छ, उचाइ चाहिन्छ भन्ने सोचले भिटामिन खाँदा जीउ बिग्रिएको अवस्थालाई चित्रित गरिएको छ । म्यूजिक भिडियोलाई करण चैंसिरले छायाँकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु