• शर्मिलाको ठुम्कामा मर्नेहरु हजार (भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७३, सोमबार

    चर्चित गायिका शर्मिला बर्देवाको ठुम्कामा मर्नेहरु हजार रहेछन् भन्ने बल्ल थाहा भयो । कुनैबेला शर्मिला बर्देवाको गीत सुन्ने पारखीहरुलाई धेरै पछाडि एउटा गीत आउँदा त्यसै पनि खुशी हुन्थे तर ठुम्कामा धेरै मर्ने भए भन्ने समाचारले झन् उनलाई चर्चामा ल्यायो । लामो समयको अन्तरालपछि आफ्नो नयाँ गीत लिएर सांगीतिक बजार तताउन आएकी छन् । उनको निकै आश गरिएको बहुप्रतिक्षित “मेरो ठुम्कामा मर्छ्न हजार“ बोलको बिल्कुलै नयाँ गीत सार्वजनिक भएको छ ।

    14502118_10154653369317074_320238217_n
    आगो लाग्यो दिलैमा, हितैका दौँतरी, तस्बिरमै यस्तो मान्छे छौ कस्तो“ जस्ता कयौं चर्चित गीतहरु कि गायिका शर्मिलाको नयाँ गीत म्युजिक भिडियो सहित पत्रकार महासंघ युकेका संस्थापक अध्यक्ष नवीन पोखरेल, निवर्तमान अध्यक्ष चिरन शर्मा र गायिका कै छोरी अंशिका परियारले एक समारोहका बिच अक्टोबर २ मा लण्डनबाट सार्वजनिक गरेका हुन । नृपेश उप्रेतीको शब्दको उनको यो गीतमा अहिलेका चर्चित एबम सफल संगीतकार वसन्त सापकोटाको संगीत रहेको छ।

    14469300_10154653369252074_396871299_n
    डान्सिङ नम्बरको यो गीतको भिडियो पनि लण्डनकै आकर्षक लोकेशनमा गरिएको छ। जसमा भिडियोका निर्देशक विजय घिमिरेको साथमा चर्चित मोडल सारालाई निकै ग्ल्यामर रुपमा देख्न सकिन्छ। गीत हेर्ने र सुन्ने प्रायले शब्द, संगीत, गायन र म्युजिक भिडियो सबै मन पराएको र निकै प्रशंसा गरेको पाइएको छ।

    sharmila

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु