• शान्तिप्रियले भने ‘तिम्रो नाम बदनाम गर्दिनँ’

    म्यूजिक खबर
    प्रकाशित: १० आश्विन २०७३, सोमबार

    काठमाडौं । पत्रकारितको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका शान्तिप्रियले दुई दशकको पत्रकारिताको यात्रामा के कति गरे होलान् तर चलचित्रको गीत लेखनमा पनि उत्तिकै आफूलाई सक्रिय गराउँदै आएका छन् । यतिखेर शान्तिप्रियले लेखेको गीत देख न चम्पा सुन न चम्पासँगै चलचित्र छक्का पन्जा हिट भइरहेको बेलामा एउटा कुरा बाहिरियो – ‘तिम्रो नाम बदनाम गर्दिनँ म’ । यो कसलाई र किन भनियो भन्ने कुरामा यतिबेला बजारमा चर्चा भएको छ ।

    sandeep

    शान्तिप्रियले लेखेको गीत तिम्रो नाम बदनाम गर्दिनँ मको म्यूजिक भिडियो तयार पारिएको छ । निर्मल शर्माको निर्देशनमा छायाँकन गरिएको उक्त गीतको म्यूजिक भिडियोमा नायिका अनामिका चौलागाइँ र सन्दिप शाहीको अभिनय रहेको छ । सुदिप बरालको छायाँकन रहेको उक्त म्यूजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गर्ने भएका छन् ।

    shantipriya1

    तिम्रो नाम बदनाम गर्दिन म यो सहरमा
    न त माया करकापमा छ न त रहरमा
    म त माया गर्ने मान्छे, तिमिलाइ माया गर्छु
    जिउँदै त छु अर्काको हेराइमा घरी बाच्छु घरी मर्छु
    म त माया गर्ने मान्छे …

    यस गीतलाई शान्तिप्रियले लेखेका हुन् भने सन्तोष श्रेष्ठले संगीत गरेका हुन् । मनोहर सुनामको एरेन्ज रहेको यस गीतमा प्रमोद खरेलले स्वर भरेका छन् । शान्तिप्रियको छिट्टै आउन लागेको गीतिसंग्रहमा यो गीत समावेश गरिने शान्तिप्रियले बताए । एल्बमलाई छायाँछवि क्रियशनले बजारमा ल्याउन लागेको हो ।

    shantipriya sndeep-anamika sandeep

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु