• संगीतकर्मी कल्याणकारी कोषको असार महिनासम्मको विवरण सार्बजनिक

    म्यूजिक खबर
    प्रकाशित: ८ श्रावण २०७४, आईतवार

     ८ लाख ८० हजार ४२९ रुपैयाँ ८ पैसा जम्मा

    साउन ८, काठमाडौं । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको असार महिनासम्मकोे विवरण सार्वजनिक भएको छ । हरेक महिनाको कोषको विवरण सार्वजनिक गर्ने निर्णय अनुसार असार महिनासम्मको विवरण एकदिन सार्वजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन् ।

    बिवरण अनुसार कोषमा ८ लाख ८० हजार ४२९रुपैयाँ ८ पैसा जम्मा भएको छ संघका कोषाध्यक्ष हरि लम्सालले जानकारी दिए । संगीतकर्मीहरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिए । विबरण सार्बजनिक गर्ने अघिल्लो दिन इन्टरनेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सका तर्फबाट गीतकार जिपी ढुङ्गेल र ब्यबसायी एबं समाजसेवी रविनदाश श्रेष्ठले ४ लाख ५३ हजार रुपैया कोषलाई सहयोग गर्ने घोषणा गरेका छन् । ढुङ्गेल कि छोरी अतिथि को ५ औ जन्मदिन को अबसरमा यो सहयोगको घोषणा गरिएको हो ।

    sangeetkar sangh
    अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारी कोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।

    अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ३ जना सर्जकको निधनका बेला कोषबाट १ लाख ४७ हजार ५सय ८२ रुपैया सहयोग गरिसकिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघले जनाएको छ भने कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु