• सकारात्मक सोचबाट अघि बढौं : गायक शर्मा

    म्यूजिक खबर
    प्रकाशित: १० श्रावण २०७१, शनिबार

    काठमाडौं, १० साउन । गायक तथा प्रस्तोता समाजका उपाध्यक्ष हेमन्त शर्माले गीतसंगीतमा हामी सधैं बजार छैन, बजार खस्किएको छ भनिरहनु भन्दा पनि हामी सबैले सकारात्मक सोच लिएर अघि बढ्यौं भने बजार विस्तारको क्रममा भएको बताएका छन् ।
    राजधानीमा शुक्रबार भएको एक विमोचन कार्यक्रममा बोल्दै शर्माले संगीत क्षेत्रको बजार पहिलाभन्दा धेरै विस्तार भएको बताउँदै अडियो, सीडि बिक्री नभए पनि डिजिटल प्रविधिका माध्यमले हाम्रो गीतसंगीतको बजार उच्च रहेको बताए । गायक शर्माले गीतसंगीतबाट राज्यले करोडौं राजश्व असुलीरहेको अवस्थामा हामी गीतसंगीतमा केही छैन भन्नुभन्दा पनि धेरै छ र अझ धेरै गर्न बाँकी रहेछ भनेर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए । उनले स्रष्टाहरुको अधिकारका लागि लड्ने संघसंस्थाहरु धेरै छन्, विकास र विस्तार क्रम जारी छ तर त्यसलाई व्यवस्थित गर्न समय लाग्ने बताउँदै डिजिटल प्रविधिको विकासले नेपाली गीतसंगीत विश्वबजारमा स्थापित बन्दै गएको बताए । गीतसंगीतमा दिनप्रतिदिन लगानी बढिरहेको अवस्थामा सबै संगीतकर्मी व्यस्त बनिरहेका छन् भने कसरी यसलाई खस्किएको भन्ने ? तर लगानी गर्ने लगानीकर्ताले त्यसको आम्दानी लिन नसकेको होला तैपनि गीतसंगीतको बजार भने दिनप्रतिदिन विकासको गतिमा छ शर्माले भने । उनले गीतसंगीतमा धेरै स्रष्टा आउने र जाने भइरहे पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु