• सन्तोषको ‘कोन्ज्योसोमको कसमु’मा छुल्ठिम

    म्यूजिक खबर
    प्रकाशित: २६ बैशाख २०७५, बुधबार

    २६ बैशाख, काठमाडौं । दोस्रो नेपाली तारा गायक सन्तोष लामाको नयाँ गीत ‘कोन्ज्योसोमको कसम’ सार्बजनिक भएको छ । सोमबार राती लामाले आफ्नै युट्युब च्यानल मार्फत तामाङ सेलो पप ‘कोन्ज्योसोमको कसम’लार्इ रिलिज गरेका हुन् । सन्तोषको आफ्नै शब्द र संगीत रहेको गीतमा चाँद सिंहको संगीत संयोजन रहेको छ ।

    ‘कोन्ज्योसोमको कसम’को म्युजिक भिडियोमा नायिका छुल्ठिम गुरुङको अभिनय रहेको छ । छुल्ठिमको साथमा तामाङ फिल्मका चर्चित हिरो कुमार मोक्तान र बिशाल लामाको अभिनय हेर्न सकिन्छ । भिडियोमा एक युबकले सुन्दरी केटी ‘मैच्याङ्’को विभिन्न शारीरिक सुन्दरता र राम्रो आनीबानीको बयान गरिएको भावलाई देखाइएको छ । जसको निर्देशन सुमन लामाले गरेका हुन ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र निशान घिमिरेको सम्पादन रहेको भिडियो एक गुम्बाको दृश्यलाई कैद गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु