• सबैभन्दा खुशीको क्षण हो मेरो: संगीतकार सिंह

    म्यूजिक खबर
    प्रकाशित: २५ चैत्र २०७२, बिहीबार

    आफ्नो चेलाको राम्रो काममा नरमाउने गुरु को नै हुन्छ र । चेलाले गरेको कामको तारिफ गर्न पाउनु र चेलाको उन्नतीमा रमाउन पाउनु गुरुको लागि सबैभन्दा ठूलो उपलब्धी हो । नेपाली संगीत जगतका हस्ती संगीतकार राजु सिंहले आफ्नो चेला प्रल्हाद बोगटीको सिर्जनाको तारिफ गर्दै भने ‘आज मेरो सबैभन्दा खुशीको क्षण हो’ । विहान होस् या राती सधैं संगीतका अभ्यासमा रमाउने प्रल्हाद बोगटीलाई संगीतको शिक्षा दिएको दिन सम्झिँदै संगीतकार सिंहले भने चेलाको उन्नती साह्रै राम्रो भएको रहेछ । प्रभात सुवेदीको एकल रचना र प्रल्हाद बोगटीको एकल संगीतमा रहेको गीतिसंग्रह ‘प्रभात’ सार्वजनिक कार्यक्रममा संगीतको केस्रा केलाउँदै संगीतकार सिंहले भने – धेरैपछि मिठा श्रवणयोग्य संगीत पाएँ, जुन मेरै चेलाको रहेछ ।

    प्रभात एल्बमलाई बजारमा प्रकाशन गर्ने संस्था सुरप्रभा गीतसंगीत प्रा.लि.का अध्यक्ष भावेश भुमरीले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै प्रभात सुवेदी र आफ्नो भेट पनि चिठीबाटै भएको र करिब ०४६ सालतिरको सुखद् मित्रता आजसम्म पनि रहन सफल भएकोमा फेरी सहकार्य गर्न पाउँदा खुशी भएको बताएका थिए ।

    lokraj adhikari
    गीतकार एवं कवि रमेश पौडेलले गीततर्फको शब्द शब्द केलाउँदै यस्ता शब्द मैले किन लेख्न सकिनँ भने । गीतमा यतिसम्मको मायाप्रेमको हर्कत प्रभात सुवेदीले पस्किएका छन् पौडेलले भने ।

    नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, निर्देशक नवल नेपाल, गीतकार एवं कवि रमेश पौडेल, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, गीतकार संघका उपाध्यक्ष विपिन किरण लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले गीत वास्तवमै राम्रो बनेको होला भन्दै म्यूजिक भिडियोका निर्देशक सुब्रत आचार्य आफ्नो नजिकको भाइ भएको निर्देशनमा राम्रो गरेकोमा खुशी व्यक्त गरे । आचार्यले निर्देशन गरेको चलचित्रजस्तै म्यूजिक भिडियोहरु पनि त्योभन्दा कम राम्रो बनेको छैन भन्ने मैले सोचेको छु शान्तिप्रियले भने । त्यस्तै प्रमुख अतिथि महेश दाहालले प्रभात एउटा असल मित्र, साथी मात्र नभएर एउटा असल गीतकार एवं साहित्यकार समेत भएकोमा उनको प्रगतिप्रति मेरो प्रगति हो भन्दै प्रभाव एल्बमको सफलताको शुभकामना दिए । नेपाल टेलिभिजनबाट हुने सहयोग पूर्ण रुपमा गर्ने प्रतिबद्धता व्यक्त गर्दै दाहालले प्रभातको सिर्जना सदाबहार बनाउन आफूले पनि पहल गर्ने बताए ।

    shantipriya
    गीतकार प्रभात सुवेदीले आफूलाई सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै कहिले जानेर लेखेँ कहिले नजानेर लेखेँ तर आज त्यही शब्दलाई गीतकार रुपमा सबैका सामु ल्याउन सफल भएँ यसैमा खुशी छु भने । उपस्थित सम्पूर्णमा आफ्ना खुशी साट्दै गीतकार प्रभात सुवेदीले गीत लेखिँदाका क्षणहरुलाई उल्लेख गरे ।

    नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, निर्देशक नवल नेपाल, गीतकार एवं कवि रमेश पौडेल, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, गीतकार संघका उपाध्यक्ष विपिन किरण लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचारकर्मी एवं गीतकार लोकराज अधिकारीले संचालन गरेका थिए ।

    prabhat subedi
    कार्यक्रममा एल्बममा समेटिएको जिन्दगीको छहारी हुँ र तिम्रो आफ्नै मान्छे बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो भने सहयोगी हातहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । एल्बमभित्र राजेशपायल राई, युवराज चौलागाईं, प्रमोद खरेल, दुर्गा परियार, अन्जु पन्त लगायतको स्वर रहेको छ भने प्रल्हाद बोगटीले एल्बमका गीतहरुमा एकल संगीत दिएका छन् ।

    subrat acharya ramesh poudel yubaraj kishor thapa chhuchhi

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु