• समाजिक सञ्जालमा गायिका मुना र सुनीता ‘आधिकारिक’

    म्यूजिक खबर
    प्रकाशित: १८ असार २०७१, बुधबार

    काठमाडौं, १८ असार । सामाजिक सञ्जालमा धेरै गायक गायिका बाँधिएका छन् अर्थात् उनीहरुले सामाजिक सञ्जालको राम्रो प्रयोग गरिरहेका छन् तर पनि आधिकारिक बन्न सकिरहेका छैनन् । पछिल्लो समयमा गायन क्षेत्रमा रहेकाहरूका लागि फेसबुक, ट्वीटर, यूट्यूव जस्ता झन् धेरै उपयोगी भएको छ । कतिले डिजिटल मार्केट (युट्युब, सीआरबीटी आदि)का लागि आफ्नो गीत प्रचार गर्न संगीतकर्मीहरूले फेसबुक, ट्वीटरजस्ता  सामाजिक सञ्जालका साइट प्रयोग गरिरहेका छन् भने कतिले आफ्नो फ्यानहरुका लागि पेज बनाएर सञ्चालनमा ल्याएका पनि छन् । फ्यान पेजमा फलो गर्ने संख्या जति धेरै भयो, त्यति नै फाइदा लिइरहेका बेला नेपालका दुई लोकगायिकालाई थप खुशी मिलेको छ । गायिकाद्वय सुनीता दुलाल र मुना थापामगरका फ्यानपेजलाई फेसबुकले ‘आधिकारिक’ रहेको प्रमाणित गरेको छ । राम्रो फलोअर, विश्वसनीय अपडेट र नियमित भिजिटरजस्ता कुरालाई आधार मानेर फेसबुकले पेजलाई आधिकारिक प्रमाणका लागि ब्लू टिक दिने गर्दछ । यो समाचार तयार पार्दासम्म गायिका सुनिता दुलालको चार लाख ८० हजार पाँच सय ४८ फलोअर छन् भने मुना थापाको चार लाख ६२ हजार १ सय ६१ फलोर रहेका छन् । यस्तो आधिकारिकता पाउने उनीहरू पहिलो नेपाली सेलिब्रिटी हुन् । यसअघि फेशन डिजाइनर प्रबल गुरुङ र पत्रकार रवीन्द्र मिश्रका फेसबुक पेजमात्रै आधिकारिक थिए भने अहिले आएर मुना थापा र सुनिता दुलाल आधिकारिक बन्न सफल भएका छन् ।

    muna thapa

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु