• सम्झना माइतीको आउँदा सारी फरर…

    म्यूजिक खबर
    प्रकाशित: ११ श्रावण २०७१, आईतवार

    काठमाडौं, ११ साउन । तिज नजिकिँदै आएपछि नेपाली चेलीहरु राताम्यै भएर आफ्ना मनका बह पोख्ने गर्छन् भने नाच्दै सारी फरर पार्ने रहर पूरा गर्छन् । वर्षभरिको दुःख, सुखलाई तिजमा पोख्ने गरेका चेलीहरुलाई सम्झना माइतीको आएपछि अझ बढी वेदनाका गीतहरु बजारमा आउने गर्छन् । गीतकार हरि विष्टले पनि आफ्नो मौलिकतालाई प्रस्तुत गर्दै चेलीका वेदनाहरुलाई पस्किएका छन् तिजको एल्बम सम्झना माइतीकोमा । गत वर्ष माइती देशको सम्झना बोलको गीतलाई बजारमा ल्याएका हरि विष्टले टीका पुनको स्वर र प्रेमदेव गिरीको लयलाई समधुर तरिकाले प्रस्तुत गरेका थिए । त्यस्तै यस वर्ष पनि हरि विष्टकै लय शब्दमा बजाइदेउ ताली तरर पार्दिन्छु सारी फरर बोलको गीत बजारमा ल्याएका छन् । जुन गीतमा अनु गरुङ र सीता थापाको स्वर समावेश गरिएको छ । गीतमा चेलीलाई माइतीले नसम्झेको, सौतेनी आमाबाट पाएको पीडा र माइतीको सम्झना आउँदा वेदनाले भरिएका मनहरुलाई प्रस्तुत गरिएको छ । वास्तविक तिज गीतका रुपमा आएको हरि विष्टको सम्झना माइतीको जस्ता गीतले मात्र तिजको मौलिकतालाई आत्मसात गर्ने गरेका छन् । तर पछिल्लो समयमा आएको तिजका गीतभित्रका विकृतिले भने हाम्रो संस्कृति, संस्कारलाई अपहेलना गर्दै गएको आभास भइरहेको छ ।

    10 09 08 7 06 05 04 03 02 01

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु