• सहिमा र अशिष्माको ‘ओंम भोला शिब शंकर’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १० श्रावण २०७४, मंगलवार

    sahima-shrestha

    साउन १०, काठमाडौं । तिज गीतको भिडमा एक उत्कृष्ट तिज गीत थपिएको छ । सुरिलो स्वरकी धनि सहिमाको आवाजमा रहेको  ‘ओम भोला शिब शंकर’ को  म्युजिक भिडियोमा अशिष्मा नकर्मीको ले अभिनय गरेकी छिन् । अशिश्मा नकर्मीलाई राज मगर लगायतका कलाकारले साथ दिएका छन् ।

    तिजको नाम गर्दै अनेक भिडियोहरु रिलिज भैरहेका बेला गायिका सहिमा र अशिष्माले नेपाली मौलिकतामा रहेर संस्कृतिको संरक्षण र सँम्बद्र्धनलाई जोड दिँदै उक्त भिडियो सार्बजनिक गरेका हुन् ।

    sahima-ashishma

    तिजमा ब्रत बसेपछि आफ्ना ईच्छा तथा आकांक्षाहरु पुरा गरिदिन भगवान शिबसंग पुकार गरिएको गितमा सुन्न तथा हेर्न पाईन्छ ।

    किरण केशीको शब्द रचना, दिपक शर्माको म्युजिक र  स्मृति तिमिल्सिनाद्वारा निर्देशित उक्त म्युजिक भिडियो ‘बिना म्यूज़िक अडियो भिडियो’ ले बजारमा ल्याएको हो भने  गितको छायांकन सुरेस श्रेस्ठले गरेका हुन् ।  स्वर, संगीत, सब्द रचना, अभिनय र छायांकनको उत्कृस्ट समायोजन रहेको उक्त  ‘ओम भोला शिब शंकर’  म्युजिक भिडियोले बजार तताउने देखिन्छ |

    उक्त म्यूजिक भिडियो हाईलाईट्स नेपाल मार्फत युटुबमा सार्बजनिक भएको हो ।

    ॐ भोला शिव शंकर भिडियोमा हेर्न तल क्लिक गर्नुहोला :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु