• सिभिल इन्जिनियर डा.शर्माले देखेका ‘सपना हजार’

    म्यूजिक खबर
    प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार

    २७ जेठ, काठमाडौं । गीतकार/गजलकार डा. केशव शर्माद्वारा रचित तथा सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध गीत÷गजल एल्बम ‘सपना हजार’को सार्वजनिक भएको छ । राप्ती साहित्य परिषद्को आयोजनामा शनिबार काठमाडौंमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले एल्बमको विमोचन गरेका थिए । राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष एवम् दाङ शाखाका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा विमोचन कार्यक्रम सम्पन्न भएको थियो ।


    एल्बम सार्वजनिक भएपछि एल्बमको समीक्षा गीतकार तथा गजलकार डा. कृष्णहरि बराल, संगीतकार राजु सिंह र साहित्यकार मोमिला जोशीले गरेका थिए। वक्ताहरूले डा. शर्माको गीतरगजल लेखन तिखािरएको र सरल अनि सुन्द रहेको बताएका थिए भने संगीतकार सन्तोष श्रेष्ठले शर्माका गीत र गजललाई साँच्चै न्याय गरेको भन्दै प्रशंसासमेत गरेका थिए । कार्यक्रममा एल्बमभित्रका तीनवटा गीत र गजलको म्युजिक भिडियोसमेत प्रस्तुत गरिएको थियो । तीनवटै म्युजिक भिडियोको निर्देशन रंगकर्मी नानी थापाले गरेकी हुन् भने तीनवटै भिडियोमा उनले जीवन्त अभिनयसमेत गरेकी छन् ।

    एल्बममा समाविष्ट सातवटा गीत एवं गजलहरूमा नौजना गायक गायिकाहरू संजीवनी, मनोजराज, शिव परियार, निशा देसार, विश्व नेपाली, मेलिना राई, राज सिग्देल, सि. डी. विजय अधिकारी र ईन्दु बानियाँको स्वर सुन्न सकिन्छ । सिभिल इन्जिनियर डा. केशव शर्मा रुकुम जिल्लामा जन्मी हुर्की दाङपछि बाँकेमा बसोबास गर्दै हाल पेसाको सिलसिलामा अस्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका छन् । कार्यक्रममा रासाप जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्याय र सल्यानका अध्यक्ष विष्णु शर्माको समेत उपस्थिति रहेको थियो। परिषद्का महासचिव रमेश सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त विमोचन कार्यक्रममाको सहजीकरण शारदा थापाले गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु