• सिर्जनाको गीत ‘किन दुःख मान्छौ’ दर्शकको रोजाईमा, हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २८ जेष्ठ २०७५, सोमबार

    ज्येष्ठ २८, काठमाडौं । गायिका सिर्जना गुरुङको स्वरमा रहेको ‘किन दुःख मान्छौ’ शीर्षकको गीतको भिडियोले यूट्युबमा अपलोड भएको छोटो समयमै दर्शकको मन जितेको छ । गायक तथा संगीतकार बिपि वाग्लेको शब्द तथा संगीत रहेको गीतमा विष्णु अधिकारीको शब्द संयोजन छ ।

    युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा तथा दीपक काफ्लेले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

    हेर्नुहोस् भिडियो !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु