सुप्रिया पाएपछि रीमा आउट

म्यूजिक खवर
प्रकाशित: ७ कार्तिक २०७०, बिहीबार

लामो समयसम्म रिमा विश्वकर्मालाई लिएर म्यूजिक भिडियोमा राज गर्दै आएका समन अधिकारीले अहिले रीमालाई छाडेर सुप्रिया कटवाललाई लिएका छन् । समनले निर्देशन गर्ने अधिकांश भिडियोमा यसअघि रीमा देखिन्थिन् भने अब सुप्रिया कटवाल देखिने भएकी छिन् । रीमासँगको सहकार्यसँगै म्युजिक भिडियो निर्देशनमा चम्किएका समन र रीमाको व्यावसायिक सम्बन्धमा फाटो आउनुको कारणबारे अनेक लख काटिन थालेका छन् । सहकार्य थालेको छोटो समयमै सुप्रिया र समनको व्यक्तिगत दूरी निकै कम रहेको चर्चा सुटिङ युनिटका अन्य सदस्यले गर्न थालेका छन् । यसले हावा नचल्दा पनि पात हल्लिने यो दुनियाँमा ‘हुरी’ नै चलाएको छ । मोडलिङ गरेर मात्रै होइन, निर्देशनमा समेत सघाइरहेकी रीमासँग व्यावसायिक सहकार्यमा पूर्णविराम लगाउनुको कारण पनि प्रस्टिएको चर्चा व्यापक छ ।

reema copy

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु