• सुरभीसँगै आए विपिन

    म्यूजिक खबर
    प्रकाशित: ७ असार २०७३, मंगलवार

    न बिर्से तिमीलाई नपाएँ तिमीलाई भन्दै आएका विपिन यतिखेर सुरभीसँग देखिएका छन् । उनको लक्ष्यभित्रको सुरभीले विपिनको जिन्दगीको उज्यालोलाई अझ चम्किलो बनाउने देखिएको छ । सुरभीसँग आउँदा उनी निकै हर्षित पनि देखिएका छन् । विगत एक दशकभन्दा लामो समय देखि नेपाली गीति लेखनका क्षेत्रमा सक्रिय गीतकार हुन् विपिन किरणले पछिल्लो समय सुरभीलाई लिएर गीतसंगीतमा आएका हुन् ।
    हाल बजारमा आएको एल्बम सुरभीमा ४ वटा म्युजिक ट्रयाकलाई ६ वटा गीत बनाई एल्बम तयार गरिएको छ । उक्त एल्बममा खुट्टै ढोग र निको हुन्न गीतलाई क्रमश पुरुष आवाजमा स्वरुपराज आचार्य र प्रहाल्द तिमल्सेना तथा महिला आवाजमा सरिता त्रिपाठी र श्रेयसी चेमजोङले गाएका छन् । त्यस्तै घात भयो पिरती भन्ने गीतमा स्वरुपराज आचार्य र तिमी सम्झना भित्र भन्ने गजलमा रुपक डोटेलको आवाज रहेको छ ।

    bipin
    यी गीतहरुमा क्रमशः श्री कृष्ण बम मल्ल, बसन्त सापकोटा र बिकास चौधरीको संगीत रहेको छ भने एल्बमको बजार व्यवस्थापन म्यूजिक नेपालले गरेका छ । यो एल्बममा समावेश गीतहरु मध्य स्वरुपराज आचार्यको आवाजमा रहेको खुट्टै ढोग बोलको गीत म्यूजिक भिडियो बनेको छ । भने एक गीतको भिडियो बन्ने क्रममा रहेको किरणले बताँए । नयाँ एल्बम सुरभीका गीतहरु भने विपिनका पुराना गीत सरह चर्चित छन् भने वा के कस्ता हुन्छन् भन्ने कुरा भने त्यो एल्बम बजारमा गएपछि थाहा हुनेछ । यद्यपी यो एल्बमका गीतहरु पनि स्रोताहरुले पहिलेका गीतहरु जस्तै उत्तिकै माया गर्ने छन् भन्ने विश्वास गीतकार विपिनले व्यक्त गरे । सुरभिलाई म्यूजिक नेपालले प्रकाशनमा ल्याएको हो ।
    किरण,किरण २, किरण ३, किरण ४, किरण ५ , एल्बम ल्याइसकेका किरणका नबिर्से तिमीलाई, टुट्यो तारा आकाशमा, ए जून, बल गरेर, यस्तो माया दियौ तिमीले, तिमीलाई देख्ने मान्छे लगायतका करिब १०० बढी गीत रेकर्ड भएका किरणका ३ दर्जनभन्दा बढी गीत चर्चाको शिखरमा छन् भने करिब २ दर्जन भन्दा बढी चलचित्रमा उनले गीत लेखेका छन् । विपिनको सांगीतिक यात्रामा आएको यो सुरभिले पनि उनलाई अझ उचाइमा पु¥याउनेछ भन्ने विश्वास धेरैको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु