• सुवेदीले भनेः ‘तिमीलाई यति सम्झिएछु…’

    म्यूजिक खबर
    प्रकाशित: २२ चैत्र २०७२, सोमबार

    काठमाडौं । मानिसको मन न हो कसैलाई धेरै सम्झना आउला कसैलाई थोरै । कसैले बिर्सन सक्लान् त माया कसैले त्यसैलाई आत्मसात गर्दै पागलपनमा रमाउनेहरु पनि हुन्छन् । यहाँ प्रकाश सुवेदीले भने आफ्नी प्रेमीलाई भनेका छन् ‘तिमीलाई यति सम्झिएछु…’ । अब जति सम्झिए पनि आखिर उनले पनि आफ्नो मनबाट हटाउन सकेका रहेछन् भन्ने कुरा प्रष्ट भयो ।

    गीतकार प्रकाश सुबेदीको शव्द सृजनामा भरखरै “तिमीलाई यति सम्झिएछु आफैलाई पो विर्षे मैले“ वोलको गीतको कलात्मक म्यूजिक भिडियो सार्वजनिक भएको छ । जसमा चर्चित संगीतकार वसन्त सापकोटाको संगीत, साहस शाक्यको संगीत संयोजन, शिवकुमार चौधरी र मेलिना राईको युगल स्वर रहेको छ । राजाबाबु र चन्द्र चौधरीको रेकर्डिङ, प्रकाश मिश्रको मिक्सिङ रहेको यस गीतमा एक अर्काको मायामा डुव्दा युवा युवतीहरुले अ‘ाफैलाई समेत विर्षने गर्छन् भन्ने भाव समेटिएको छ । उक्त गीतको भिडियोमा निर्देशन रमेश वावा नेपालले गरेका हुन् भने नम्रता सापकोटा र पुष्प खड्काले अभिनय गरेका छन् । निशान घिमिरेको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई छायाँकार अजय रेग्मीले आफ्नो कुशल प्राविधिक कला देखाएका छन् ।

    namrata sapkota
    प्रेमी प्रेमिकाको एक अर्काप्रति समर्पणको भाव बोकेको उक्त गीतको भिडियोमा यदि उमेर पुगेका आफ्ना भाइ वहिनी या छोराछोरीले साँच्चिकै प्रेम गरेका छन् भने अभिभावकहरु तगारो बन्नु हँुदैन भन्ने सन्देश भिडियो मार्फत दिन खोजिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु