• हिमाल सागरले ‘काली भन्या छैन मैंले’ भन्दै दिए स्पष्टिकरण ! भिडियो हेर्नुहोस् !

    म्यूजिक खबर
    प्रकाशित: ८ पुष २०७४, शनिबार

    ८ पुष, काठमाडौं । चर्चित गायक हिमाल सागरले तिम्रो रुप रंग हेरी काली भन्या छैन मैले भन्दै कसैलाई स्पष्टीकरण दिएका छन् ।

    हिमाल सागरको यस्तो स्पष्टीकरण दिएको गीत हालै सार्वजनिक भएको छ । गायक तथा संगीतकार ताराबीर पाण्डेको यमन स्टुडियोमा उनले कालि भन्या छैन बोलको गीत गाएका हुन् ।

    तिम्रो रुप रंग हेरी काली भन्या छैन मैले बोलको गीत दिलीप घिमिरेले लेखेका हुन् भने पाण्डेले नै यसको संगीत गरेका हुन् ।

    बिनोद रसाईलीले संगीत संयोजन गरेको उक्त गीतको मिक्सिङ महेश्वर मान राजभण्डारीले गरेका छन् । जनकराज अधिकारीले खिचेको भिडियोमा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।

    ‘काली भन्या छैन मैंले’ भिडियो हेर्नुहोस् !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु