• हेमनलाई ‘पीर मनमा बढेपछि ..’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ११ फाल्गुन २०७२, मंगलवार

    काठमाडौं । गायन क्षेत्रमा छुट्टै परिचय बनाएका गायक हेमन मोक्तानले आफ्नो नयाँ म्युजिक सार्वजनिक गरेका छन् । केही समयअघि मात्र उनले ‘फर्माइस’ को एक भिडियो रिलिज गरेका थिए । यसटक ‘पीर मनमा बढेपछि ..’ बोलको गीतलाई उनले म्युजिक भिडियोमा ल्याएका हुन् । उक्त गीत निकै छ ।

    ‘फर्माइस’ एल्बममा समावेश उक्त गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा मोडल तथा अभिनेता दीक्पाल कार्की र अभिनेत्री केकी कार्कीले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको अभिनय राम्रै खुलेको छ ।

    अनमोल मणि पौडेलको शब्द रहेको उक्त गीतमा शिव परियारको संगीत रहेको छ । भिडियोमा अजुर्न तिवारीको छायांकन निशान घिमिरेको सम्पादन र सोनम पाख्रिनको निर्देशन रहेको छ । एल्बम सार्वजनिक भएको लामो समयपछि केही समयपछि उनले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । हेमन पछिल्लो समय गायनसँगै सामाजिक कार्य पनि व्यस्त हुँदै आएका छन् ।

    heman

    हेमनले गत २१ पुसमा आफ्नो दोस्रो एल्बमका रुपमा ‘फर्माइस’ ल्याएका थिए, जुन एल्बमको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सार्वजनिक गरेका थिए । सामाजिक कार्यका क्रममा हेमन केही हप्तापछि एच.आई.भी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोगर्था एक महिने सांगीतक भ्रमणका लागि कतार जाँदै छन् । जुन कार्यक्रमबाट संकलित रकम एचआईभी संक्रमित बालबालिकाको शिक्षा र स्वस्थ्यमा सहयोग खर्च गरिने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु