अन्जानको जन्मदिनमा समर्पण

म्यूजिक खबर
प्रकाशित: २८ आश्विन २०७१, मंगलवार

काठमाडौं, २८ असोज । गीतकार अन्जान मुनाको जन्मदिनको अवसर पारेर गीतकारत्रय पविन दाहाल, अन्जान मुना र ऋषि मगरको संयुक्त प्रस्तुतिका रुपमा रहेको आधुनिक गीतिसंग्रह ‘समर्पण’ म्यूजिक खबरमार्फत आज सार्वजनिक गरिएको छ । गीतकारत्रय मध्येकी अन्जान मुनाको आज जन्मदिन परेको हुँदा उक्त अवसरमा समर्पण एल्बम सार्वजनिक गर्नका लागि उपयुक्त भएको ठान्दै म्यूजिकखबर अनलाइनमार्फत् सार्वजनिक गरिएको हो ।
गीतकारत्रय विदेशमा रहेका कारण अनलाइनमार्फत् सार्वजनिक गर्दा प्रभावकारी हुने भएका कारण समर्पण एल्बमलाई म्यूजिकखबरले सार्वजनिक गरेको हो । समर्पणमा पविन दाहालको अँधेरी यो र दुनियाँ सारा गीत रहेको छ जसलाई स्वरुपराज आचार्य र कृष्ण काफ्लेले स्वर दिएका छन् भने दीपक शर्मा र कृष्ण काफ्लेकै संगीत रहेको छ । त्यस्तै अन्जान मुनाको जुनेली रात बोल गीत रहेको छ । जसलाई रजिना रिमालको स्वर मनोज स्याङ्सोङको संगीतमा तयार पारिएको छ । त्यसैगरी ऋषि मगरको किन बोल्दिनौ र तिम्रै यादमा जस्तो गीत रहेको छ । जुन गीतमा क्रमशः प्रमोद खरेल स्वर दीपक शर्माको संगीत रहेको छ भने स्वरुपराज आचार्यको स्वर राजकुमार बगरको संगीत रहेको छ । म्यूजिक प्लसले बजार प्रबद्र्धन गरेको यस गीतिसंग्रहलाई आजबाट औपचारिक रुपमा स्रोताहरुसामु सार्वजनिक गरिएको हो ।

samarpan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु