अन्जुले भनिन् : फेरि सक्रिय हुनेछु

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७०, आईतवार

काठमाडौ । हिजोआज गायिका अञ्जु पन्त चर्चाविहीन छिन् । पछिल्लो समय उनको स्वरमा गीत रेकर्ड गराउनेहरुमा पनि कमी आइरहेको छ । यसो त उनको पारिवारिक डिभोर्सको समयदेखि कुनै पनि स्टुडियोमा गीत रेकर्ड गराउनेले उनलाई सजिलै डेट लिन सक्दैन र डेट लिइहाले पनि पहिलाजस्तै उनले एक टेकमा गाउन सक्दिनन् । अब आफैं उद्योगबाट हराइरहेको बेला एक्कासी यसै हप्ता अवार्ड के पाएकी थिइन् उनको चुरिफुरि नै बढिहाल्यो ।
अवार्ड प्राप्त गरेपछि उनले एक दैनिक पत्रिकासँगको कुराकानीमा भनेकी छिन् ः ‘आफ्नै कार्य व्यस्तताका कारण सार्वजनिक कार्यक्रममा नदेखिएकी हुँ । अब फेरि सक्रिय हुनेछु ।’
भर्खर मात्र अवार्ड पाएर उत्कृष्ट गायिका बनेकी यी गायिका कुनैबेला गुमनाम भएर मुलुकमा हुने कुनै पनि कार्यक्रममा देखिन भ्याइनन् । एकातिर गुमनाम भएकी गायिकालाई कहाँ र कसरी निम्तो गर्ने भन्ने आयोजकहरुलाई भइरहेको बेला आजभोली भने म सुध्रिएँ, म रक्सी पिउँदिन वा अब म प्रभुको शरणमा पुगेको छु भन्दै हिंड्नसमेत थालेकी छन् ।
पुरस्कृत हुने व्यक्ति कुनै न कुनै तवरमा अब्बल हुनैपर्छ । अवार्डको गरिमाकै लागि भए पनि अब्बल र सक्षम व्यक्तिलाई पुरस्कृत गर्नु आयोजकको बाध्यता हुन आउँछ । सुगम संगीतमा अञ्जु पक्कै अब्बल छिन् । तर उनी केही समययता सार्वजनिक कार्यक्रमहरुबाट टाढा रहँदै आएकी अन्जुले अब भने निरन्तर संगीत उद्योगमै लागि पर्ने बताएकी छन् । केहीसमयता एकछत्र राज जमाएकी अन्जु अब पुनः निरन्तरता दिने हुँदा पक्कै पनि सुगम संगीतमा उनको राज चल्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु