अन्तर दोहोरी साँझ प्रतियोगीता गरिबको दशैंजस्तै: गायक पंगेनी

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७२, बिहीबार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यहि चैत्र २४ देखि २८ गतेसम्म राजधानीमा बृहत दोहोरी प्रतियोगीताको आयोजना गर्ने भएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारीबारे प्रष्ट पार्दै गर्दा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गायक बद्री पंगेनीले कार्यक्रम गरिबको दशैंजस्तै भएको बताए । उपाध्यक्ष पंगेनीले पत्रकारहरुलाई स्वागत मन्तव्य दिँदै दोस्रो वर्षमा अन्तर दोहोरी साँझ दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता गर्दै गर्दा गरिबको दशैंजस्तो मागेर, खर्च जुटाएर कार्यक्रम गर्नु परेको बताए । पंगेनीले कार्यक्रम गर्नका लागि खर्च जुटाउन निकै कठिनाइ हुने भए पनि मौलिक दोहोरी गीतको खोजी भइरहेको अवस्थामा यो कार्यक्रमले ठूलो प्रभाव पार्ने बताए ।

folk & duet song
त्यस्तै प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले यस वर्षको प्रतियोगीतामा दोहोरी साँझमा आवद्ध कलाकारले मात्रै सहभागीता जनाउन पाउने बताएका छन् । दोस्रो अन्तर दोहोरी साँझ स्तरिय राष्ट्रिय दोहोरी गीत प्रतियोगीताका लागि अहिलेसम्म देशभरबाट २२ टिमले सहभागीताका निम्ती नाम दर्ता गरेको र दर्ता हुने चरणमा अन्य केहि टिम रहेका शर्माले बताए । प्रतियोगीतामा सामेल हुनका लागि सहभागी कलाकारले ५ सय रुपैयाँ सहभागीता शुल्क बुझाउनु पर्ने छ । नेपाली लोक संगीत क्षेत्रका मौलिकतालाई प्रोत्साहन गर्दै लोक गायनका क्षेत्रमका आएका नव कलाकारहरुलाई गायनमा अभिप्रेरित गर्ने उद्देश्य सहित आयोजना हुन लागेको यो प्रतियोगीतामा सफल हुने कलाकारलाई नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय हुने सहभागी टिमलाई क्रमशः ५५,५५५, ३३,३३३, २२,२२२ तथा प्रतियोगीतामा उत्कृष्ठ हुने गायक गायिकालाई ५,५५५ रुपैयाँको पुरस्कार राशी प्रदान गरिने उल्लेख गरिएको छ । चैत्र २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने यो कार्यक्रममा देशभर सञ्चालनमा रहेका करिव १२० दोहोरी साँझका कलाकारहरुले सहभागीता जनाउँने छन् । अहिले दोहोरी प्रतियोगीताको तयारी तिब्र गतिमा भैरहेको र लगभग अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष शर्माले जनकारी गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु