अप्सराको लोकआधुनिक ‘कति राम्रो’ र तिज गीत ‘झल्को’ एकसाथ बिमोचन

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७३, मंगलवार

काठमाडौं । यतिबेला नेपाली संगीत बजार तिजमय बनेको छ । कलाकारहरु तिजका कार्यक्रममा व्यस्त बनिरहेका छन् । मूख्यतः तिजकै गीतहरु सार्वजनिक भइरहेका छन् । यस्तै बिगत लामो समय देखी गीत संगीत क्षेत्रमा क्रियाशिल भएकी गायिका अप्सरा काप्री (शाक्य)ले भने लोक तिज गीति एल्बम झल्को सँगै लोक आधुनिक एल्बम कति राम्रो सार्वजनिक गरेकि छिन् ।

kati ramro_jhalko
लामो समयदेखी लण्डनमा बस्दै आएकी अप्सराले ११ बर्षको अन्तरालमा एकसाथ दुई एल्बम सार्वजनिक गरेकि हुन् । ११ वर्षअघि नै ‘अप्सरा’ गीति एल्बम सार्वजनिक गर्ने अप्सरा शाक्यका यी पछिल्ला एल्बमहरूमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ ।

राजधानीको मिडिया इन्टरनेशनलमा बिमोचन कार्यक्रम गर्दै अप्सराले आफ्नो देश, संस्कृतिको मायाले आफुँलाई पुनः गीत संगीतमा तानेको र गीतसंगीत अनि नेपालको माया सधै मनमा भएकोले यी संस्कृतिले भरीपुर्ण गीत बजारमा ल्याएको बताइन् । देश भित्रै भन्दा देश बाहिर जाँदा आफ्नो देशको माया अझ धेरै हुने भएकोले पनि उनलाई गीतसंगीतले तानेको र गीतमा पनि देशको मायाका कुरा जोडिएको बिमोचन कार्यक्रममा बताइन् ।

bimochan
एल्बम बिमोचन कार्यक्रममा मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोशको अध्यक्षतामा भएको उक्त कार्यक्रम गीतकार एवं पुर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि कोइरालाले प्रदेशमा रहेर पनि नेपाललाई माया गरेर, गीतसंगीतलाई माया गरेर एल्बम निकालेकोमा गायिका अप्सरालाई धन्यवाद एवं शुभकामना दिएका थिए ।

sp koirala_apsara

पत्रकार तथा गीतकार राधिका अधिकारीले सन्चालन गरेको सो कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार एवं एरेन्जर बुद्ध सायमी, गायक तिलक बम मल्ल, मोडल सिमोन दाहाल लगायतको उपस्थिती थियो ।

apsara_kapri

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु