अब भने ठिक्ककी भइछन् डेनी

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७२, बिहीबार

उमेर बढ्दै गएपछि सबैले एकचोटी अरुलाई हेरेर सोच्ने गर्छन् रे ‘अब भने ठिक्कको भइछ’ । १६ वर्षे उमेरमा एउटा युवती देखेपछि सबैले आँखा लाउँछन् नै तर युवतीहरु म ठिक्कको भाछु भनेर भन्ने चाहिँ कमै हुन्छन् । गीतसंगीतको क्षेत्रको कुरा भने अर्कै हुँदोरहेछ । भर्खर भर्खर गायनमा पाइला चाल्दै गरेकी गायिका डेनी रेग्मी भने यतिखेर म त ठिक्ककी छु भन्न सक्ने भइछन् । सायद म ठिक्ककी भएँ भनेर भन्ने गायिकामध्ये यी नै पहिलो होलिन् । उमेरकै कुरा गर्दा पनि उनी युवती नै हुन् क्यारे, आफ्नो कमको कुरा भनिन् अब ठिक्कको चाहिँ कसले आँखा लगाउला त्यो भने पर्खनै पर्छ ।

हिजोआज रेडियो, टीभी एवं युटुबमा बजिरहेको गीत हो ‘६ बाइ ५ म त ठिक्क कि’ । डान्सिङ गीतको श्रेणीमा राखिएको यो गीत गायिका डेनी रेग्मीको आशिष एल्बममा रहेको गीत हो । केही समयअघि मात्रै रिलिज गरिएको यो गीतले अहिले सबैलाई नचाउन थालेको छ ।

deni-nita
गीतकार किरण बरालको शब्द र दिपक शर्माको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन भने उदयराज पौडेलले गरेका छन् । भिडियोमा निता ढुङ्गाना र रन्जन रिजालको रोमान्स् हेर्न पाइन्छ । उक्त भिडियोलाई रबिन्द्र बरालले खिचेका हुन् भने निर्देशन देवेन्द्र राज पाण्डेको रहेको छ । निशान घिमिरेले सम्पादन गरेको उक्त भिडियोलाई आशिष घिमिरेले निर्माण गरेका हुन् । गायिका रेग्मीको एल्बम “आशिष”लाई भिजन नेपाल फिलिम्सले बजारमा ल्याएको हो भने एल्बमको बजार ब्यबस्थापन रास कृएसनले गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु