अमरको प्रवासबाट इमोर्टल

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७१, शुक्रबार

मलेसिया । गायक अमर राई प्रवासमा रहेर पनि गीतसंगीतको क्षेत्रमा क्रियाशील छन् । गायक बन्ने सपनालाई प्रवासमै गीत रेकर्ड गरेर पूरा गर्ने योजनामा तल्लीन छन् अमर राई । मलेसियाको एक कम्पनीमा कार्यरत गायक अमर राईले मलेसियाकै एक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराइरहेका छन् । सानैदेखिको गायक बन्ने सपना उनले मलेसिया प्रवेशसँगै पूरा गर्न लागेका हुन् ।
अमर राईले बजारमा ल्याउन लागेको एल्बम इमोर्टल अर्थात् अमर छिट्टै बजारमा आउने तयारीमा रहेको छ । मलेसियामा कार्यरत रहेका संगीतकार मणिपाल राईको सहकार्यमा गायक अमर राईले गीतिसंग्रह इमोर्टल बजारमा ल्याउन लागेका हुन् । उनको यस गीतिसंग्रहमा ५ वटा गीत रहेको छ । जसमा नीम संगीत, सुमन राई र मणिपाल राईको संगीत रहेको छ भने इन्द्रसुर बेल्टारे, रमेश बानियाँ, अनुराग श्रेष्ठ, दिक्पाल राईको शब्द रहेको छ । जुन गीतको संगीत संयोजन भने नीम संगीत, सुमन राई र विपिन आचार्यको रहेको छ । जसको रेकर्डिङ एवं मिक्सिङको काम ड्रिम्स स्टुडियोमा गरिएको छ । नेपालमा एरेन्ज गरेर मलेसियामा नै गीत रेकर्ड गराएका अमर राईको यस एल्बमको अन्तिम तयारी भइरहेको छ ।

amir rai malaysia

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु