अमृतालाई पूर्णिमाको रातै रमाइलो

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं । धेरैलाई औंसीको रातभन्दा पूर्णिमाको रात नै रमाइलो लाग्छ । गायिका अमृता लुंगेलीलाई पनि झिलिमिली पूर्णिमाको रात रमाइलो लाग्ने गरेको छ । पूर्णिमाको रातमा जोडिसँगको स्पर्श अनि भलाकुसारीले जून पनि फिका बनाउने गरेको हुन्छ अमृतालाई । काठ क्षेत्रमा जन्मिएर पश्चिमी लोकदोहोरीमा रमाउँदै आएकी गायिका अमृता लुंगेलीले लोकदोहोरीमा आफ्नो फरक पहिचान बनाउनुपर्छ भन्ने सोच लिएकी छन् ।
अमृताले अहिलेसम्म जति गीत गाए पनि झिलीमिली पूर्णिमाको रातै रमाइलोले अझ चर्चाको शिखरमा पु¥याएको उनी बताउँछिन् । गायक रामजी खाँड र अमृताको स्वर रहेको झिलीमिली पूर्णिमाको रातै रमाइलो यतिखेर डिजिटल माध्यममा राम्रो चर्चा बटुल्न सफल भएको छ भने रेडियो, टेलिभिजनमा पनि राम्रो स्थान पाइरहेको छ । शिव हमालको शब्द र रामजी खाँडको संगीत रहेको यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । अमृता र रामजीकै अभिनय रहेको यस भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् । यस गीतको बजार व्यवस्थापन भने आशिष म्यूजिकले गरेको छ ।

 

amrita lungeli

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु