अमेरिकाको डान्स प्रतियोगीतामा नेपालबाट केकी अधिकारी निर्णायकमा छनौट

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७४, बिहीबार

असार १५, काठमाडौं । अमेरिकामा सञ्चालन हुन लागेको ‘मेरो डान्स कप यु.एस.य.- २०१७’ को दोस्रो संस्करणमा निर्णायकको रूपमा नायिका केकी अधिकारी छनोट भएकी छिन् । गत वर्ष देखि सुरु भएको उक्त प्रतियोगिता एमडिसी नामबाट चर्चित रहेको छ । यस अघिको प्रतियोगिता अभिनेता दिलीप रायभाझी निर्णायकको रूपमा भएता पनि उहाँ व्यस्त भएपछि केकीलाई छानिएको आयोजकले जनाएको छ । नायिका केकी अधिकारी जुलाईको पहिलो हप्तामा अमेरिका उड्ने छिन् ।

mero dance cup usa-Keki

कार्यक्रमको खाका अनुसार शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिवार अमेरिकाको ओहायोमा हुने छ । जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ ।

अमेरिकाका विभिन्न स्थानमा छरिएर रहेका नेपाली युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई देखाउन पाउने छन् ।

keki

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु