अमेरिकाको युटामा जुटे नेपाली कलाकार

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७२, बुधबार

अमेरिका । नेपाली कलाकार महासंघ उत्तर अमेरिकाको युटा शाखा गठन गरिएको छ । नव गठित कार्यसमितिका अध्यक्षमा उज्ज्वल अर्याल, उपाध्यक्ष्यमा पूर्ण गौतम, सचिवमा ईश्वर प्रवासी, कोषाध्यक्षमा बिना अर्याल रहेका छन् भने सदस्यहरुमा नविना अर्याल, राकेश मिश्र, कमल क्षेत्री, नेपालबाबु दुलाललगायतका रहेका छन् । केन्द्रिय बिशेष प्रतिनिधि, नायक एवम् मोडल, राजु बजाज सहभागिता रहेको महासंघ, युटा शाखाका संयोजकको अध्यक्ष्यतामा युटा क्षेत्र आसपासमा रहेका नेपाली कलाकारहरुको उपस्थितिमा सात सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

उक्त अबसरमा युटा शाखाका अध्यक्ष उज्ज्वल अर्यालले अमेरिकामा रहेका नेपाली कलाकारको हकहित तथा नेपाली कला संस्कृतिको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल कलाकार महासंघ गठन गरिएको र संस्थाकै विधान अनुसार युटा शाखा गठन गरिएको बताएका छन् । नेपाली लोक कला संस्कृतिलाई अन्तर्रास्ट्रियकरण गर्दै अमेरिकामा रहेका नेपाली कलाकारहरुको हकअधिकारका लागि सदैव संस्था लडिरहने प्रतिबद्धतासमेत अर्यालले व्यक्त गरे ।

usa nepali artist team
कार्य समितिले प्रारम्भिक बैठक गरि आउँदो नेपाली नयाँ बर्षमा युटा राज्य शाखाको संयोजनमा एउटा भब्य सांस्कृतिक कार्यक्रम राख्ने तयारी समेत गरेको जानकारी महासंघको युटा राज्यका सचिव ईश्वर प्रवासीले जानकारी गराए ।

त्यसैगरी संघका उपाध्यक्ष्य पूर्ण गौतमले नेपाली लोक कला संस्कृति तथा गीत संगीतको बारेमा विभिन्न समयमा कार्यक्रम आयोजना गरी चेतनामूलक मनोरञ्जन प्रदान गरिने बताए । युटा राज्यमा हजारौ नेपालीभाषीहरुको बसोबास हँुदै आएकोले पनि यो शाखा गठन लाभदायक बन्ने बताइएको छ । लोक कला संस्कृतिको उद्गम थलो भएर पनि युटा राज्यमा नेपाली लोक कला संस्कृति मौलाउन नसकिरहेको अवस्थामा नेपाली कलाकार महासंघ युटा राज्यको गठनले नेपाली लोक कला संस्कृतिमा ऐतिहासिक कार्य हुने विश्वास लिइएको छ ।

bajaj
नेपाली कलाकार महासंघ उत्तर अमेरिकाका केन्द्रिय संयोजकमा भने गायक एवम् संगीतकार कन्हैया सिंह रहेका छन् । केही समयअघि मात्र स्थापना भएको यस महासंघको अमेरिकाका विभिन्न राज्यहरुमा शाखा गठन भइसकेको छ भने केही राज्यमा शाखा गठनको प्रक्रिया अघि बढेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु