अमेरिकाबाट सार्वजनिक भयो गीतकार उप्रेतीको करुणा

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७३, बुधबार

गीतकार हरि उप्रतीको एकल रचना र युवा संगीतकार विकास चौधरीको एकल संगीतमा तयार भएको गीतिसंग्रहमा ‘करुणा’ अमेरिकामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । उक्त एल्बम अमेरिकाको कोलोराडो राज्यमा ह्युमनहोप फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा करुणाको विमोचन गरिएको हो । करुणा गीतकार हरि उप्रतीकै हजुरबा, हजुरआमा, बुबाआमा, सासु ससुरा एवं गायक प्रमोद खरेल र गीतकार ज्ञानेन्द्र गदालका हातबाट विमोचन गरिएको हो ।

hari 111
कार्यक्रममा एल्बम सार्वजनिक पछि गायक खरेलले आफ्नो स्वरमा रहेको करुणाको गीत सुनाएर दर्शकलाई मोहित पारेका थिए भने अन्य थुप्रै चर्चित गीत गाएर धमाका मच्चाएका थिए । उक्त कार्यक्रममा गायक मनोज ढकाल, मेग पौड्याल र हाँस्यकलाकार मोहन कार्कीको बेजोड प्रस्तुती रहेको थियो । विमोचन समारोहमा सहयोगी मनहरुलाई गीतकारले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमलाई पुरुषोत्तम फुयालले सञ्चालन गरेका थिए । कार्यक्रम ह्युमनहोप फाउन्डेसनका अध्यक्ष श्री रघु द्यौरालीको सभापतित्वमा सम्पन्न भएको थियो । करुणा एल्बमको समीक्षा बरिष्ठ गीतकार ज्ञानेन्द्र गदाले गरेका थिए ।

hari upreti

गीतकार हरि उप्रेतीको  ‘करुणा’ माथि छोटो चर्चा

ज्ञानेन्द्र गदाल

हरि उप्रेतीनेपाली भाषा साहित्यमा रुचि राख्ने युवा हुन् ्र साहित्यमा रुचि रहनु एउटा कुरा हो, यो जोकोहीले पनि राख्न सक्छन् तर उनि साहित्यमा राम्रो सम्भावना बोकेका एक श्रष्टा समेत हुन् । भुटानमा जन्मेर कलिलो उमेरमै नेपाली भाषी हुनुको नाताले देश निकालाको शिकार बन्नुपरेको र शरणार्थीको रुपमा नेपाली भूमिमा करिव दुइ दशक बिताउनु परेको पिडा हरिको मानसपटलमा ताजै रहेको छ । उनको शिक्षा(दीक्षा पुर्खौली भुमि नेपालमै सकेर नयाँ अवसर र जीवनका लागि अमेरिका आइपुगेका छन्।
मान्छे जहाँ रहे पनि जस्तो अवस्थामा रहे पनि आफ्नो आमा र मातृभूमिप्रति सधैं वफादार रहन्छ । यो बफादारिता विभिन्न माध्यमद्वारा मानिसले व्यबहारमा प्रश्तुत गर्दछन् ्रभाषाको लागि लडेका, संस्कृतिको लागि मरिमेटेका र आफ्नो रहनसहन बचाउनका लागि दिलोज्यान दिने समुदायका एक प्रतिनिधि हरि उप्रेतीले पनि नेपाली भाषा(साहित्यको माध्यमबाट पुर्खौली माटोको सेवा गर्ने प्रण गरे  र साहित्य सिर्जनामा कलम चलाउन थाले ।

उनि गजल, गीत र कविता लेखनका राम्रो हस्ताक्षर हुन्। साहित्य सिर्जनाको मामलामा उनी आफूभन्दा अग्रज लेखक तथा समकालीन हरुसंग संगति र छलफल गर्न रुचाउँछन्। यसै सन्दर्भमा उनले मसंग पनि बेला(बेला साहित्यिक भलाकुसारी गर्ने गरेका छन्। आज विमोचित उनको यो एकल रचनाको गीति एल्वम ूकरुणाू निर्माणका सम्बन्धमा पनि हामीबीच धेरैपटक कुराकानी भएको छ ।  यहि एल्बममा समावेश गीतका बारेमा समिक्षा गर्न म यहाँ उपस्थित भएको छु ।

करुणा एल्बममा गीतकार हरि उप्रेतीद्वारा रचित ६ वटा गीतहरु समावेश छन्। आफ्नो पुर्खौली भुमि नेपालप्रति नतमस्तक भै लेखिएको राष्ट्रिय भावले सजिएको गीतबाट शुरु भएको यो एल्बम अन्य गीतहरुमा माया(प्रेम, गाउँ(घर र प्रकृति बर्णन सहित जीवन भोगाइका बिबिध पाटाहरुलाई सरल ढंगबाट प्रस्तुत गरेका छन् गीतकारले  एल्बममा समावेश सम्पूर्ण गीतहरुमा चर्चित युवा संगीतकार विकास चौधरीको एकल संगीत रहेको छ भने नेपालका चर्चित एवं लोकप्रिय गायकरगायिकाहरुको स्वर भरिएको छ । एउटा राम्रो गीत बन्नका लागि शव्द, संगीत र आवाजको सुन्दर समिश्रण हुनुपर्छ ।  हरिको गीत रचनामा भाव पक्ष ज्यादै सवल छ, उनले लेखेका सबै गीतहरु भावपूर्ण छन्। कलात्मक पक्षमा अलि बढि ध्यान दिन सक्यो भने र गीतको मात्रा मिलाउने सन्दर्भमा अलि अलि मेहेनत गर्न सक्यो भने उनको गीत लेखन यात्राको भविष्य उज्ज्वल देखेको छु मैले उनको प्रथम प्रयास नै यति सशक्त देखिएकोले उनले रोजेको बाटोमा निरन्तर लाग्न सकेभने नेपाली साहित्यको क्षेत्रमा एउटा भरपर्दो इँटा बन्न सक्छन् उनी ।

कुनै पनि काममा सफलता पाउन र आशातित फल प्राप्त गर्न साधनाको निरन्तरता र अध्यनको आवश्यकता पर्छ सिर्जना पनि त्यहि हो निरन्तर साधना र अध्यनले खारिंदै जान्छ । यो विवेक र चेतना हरिमा पक्का पनि छ । यिनै साधना, अध्यन र मेहेनतद्वारा भविष्यमा आफ्नो लेखाइलाई अझ परिस्कृत पार्दै लानेछन् भन्ने प्रति म विश्वस्त छु ।

अर्को राम्रा(राम्रा सिर्जना गर्नका लागि र तिनलाई निरन्तरता दिनका लागि पारिवारिक वातावरणको उत्तिकै अहं भूमिका रहन्छ, हरि यस मामलामा भाग्यमानी नै लाग्दछन् ्र उनकी जीवनसंगिनी राधिका स्वयम् यस उनको गीत लेखन यात्राको सहयोगी रहेको तथ्य यो एल्वम करुणा नै साक्षी छ । तसर्थ उनलाई पारिवारिक वातावरण ले साथ सहयोग हुने कुरामा कुनै शंका छैन ।  बाँकी परिश्रम र अध्यन उनको जिम्मा ।  प्रथम किर्ति स्वरुप प्रकाशित करुणाका लागि गीतकार हरि उप्रेतीलाई हार्दिक बधाई तथा सफलताको निम्ति हार्दिक शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु