अमेरिकाबासीलाई राई इज किङ्गको ‘दर्शन-नमस्ते’

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७३, मंगलवार

rajesh-payal1

काठमाडौं । चर्चित तथा लोकप्रिय गायक राई इज किङ्ग राजेश पायल राईको देशमा भन्दा बढी विदेशमा बढि समय बित्ने गर्दछ । सांगीतिक यात्राका क्रममा रहेका लोकप्रिय गायक यतिबेला अमेरिकाबासी नेपालीहरुलाई दर्शन नमस्ते गरिरहेका छन् ।

सांगीतिक यात्राका क्रममा अमेरिकाको विभिन्न राज्यमा प्रस्तुती प्रस्तुत गर्दै हिडेका राईको सातौ प्रस्तुतीको रुपमा साल्ट लेकमा भरपुर मनोरंजन प्रदान गर्दै आफ्नो बेजोड प्रस्तुती प्रस्तुत गरेका छन् । दर्शन नमस्ते९३ को गीतहरु दर्जनौ प्रस्तुत गरेका थिए । कार्यक्रम दर्शकहरुले धेरै मन पराएका उनको एल्बम दर्शन नमस्ते९३ बाटै गीत गाउन अनुरोध गरे पछि राईले सो एल्बमको गीत प्रस्तुत गरेको आयोजक समितिका राजेन्द्र ह्युजुले बताए ।rajesh-payal-rai

नेप्लिस सोसाइटी साल्ट लेकको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमलाई निर्देशक सुमन दाहालले संचालन गरेका थिए भने कार्यक्रममा राइजिङ्ग भूट्निसका कलाकारहरुले पनि प्रस्तुती प्रस्तुत गरेका थिए । गायक राई आफ्नो अमेरिकाको यात्रा सकेर नमेम्बर २७ तरिका हङ्गकङ्ग प्रस्थान गर्ने योजनामा छन् ।rajesh_us

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु