अमेरिका गएका कलाकार फर्किएलान् त ?

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७२, बिहीबार

काठमाडौं । अमेरिकामा हुन लागेको ग्लोब फेस्टिबलमा सहभागी हुन नेपालबाट कलाकारहरु अमेरिका पुगिसकेका छन् । विभिन्न देशका कलाकारको उपस्थितिमा हुन लागेको उक्त ग्लोब फेस्टिबलमा नेपालबाट केकी अधिकारी, नन्दिता केसी, सुरेश दर्पण पोखरेल, दिलिप रायमाझी, सुनिता दुलाल लगायतको जम्बो टोली अमेरिका पुगेको छ । यीमध्ये को–को अमेरिकामा लुक्ने हुन् र को–को फर्कने हुन् भन्ने कुरा कलाक्षेत्रमा चर्चाको विषय बनेको छ ।

suresh darpan
कलाकारितालाई भ¥याङ बनाएर अमेरिका जानेहरुको संख्या नगन्य मात्रामा छ । कोही वास्तविक कलाकार भएर अमेरिका पुगेका छन् भने कोही कलाकारको डकुमेन्ट बनाएर अमेरिका पुगेर उतै कुल्ली काम गरिरहेका छन् । नेपालबाट अमेरिका जाने कलाकारहरु फर्किनेमा शंका उत्पन्न हुँदै आएको छ । यतिबेला अमेरिका पुगेका कलाकारहरुमध्ये दुईचार जना उतै बस्नेछन् भन्ने हल्ला चलेको छ । अभिनेता दिलिप भने ग्रीनकार्ड लिएरै अमेरिका गएका हुन् भने चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोखरेल दोश्रोपटक अमेरिका पुगेका हुन् । अभिनेत्री केकी अधिकारी गायिका सुनिता दुलाल र दर्पणको साथमा अमेरिका पुगेकी हुन् भने नन्दिता केसी दिलिप रायमाझीसँग केही समय अगाडि मात्र अमेरिका पुगेकी हुन् ।

globe festival

त्यसो त केही समय अगाडि निर्देशक दर्पणसँगै गएका अभिनेता मुकेश ढकाल, पत्रकार सुमन गैरे, निर्देशक श्याम भट्टराईले अमेरिकालाई नै कर्मथलो बनाइसकेका छन् भने कति कलाकारहरु अझै पनि अमेरिका जाने सपनामा धेरै रकम डुबाएर डकुमेन्ट बोकेर धाइरहेका छन् । नेपाली कला क्षेत्रमा अमेरिका सपनाको केन्द्रविन्दु बन्दै आएको छ । यसमा कला क्षेत्रमै लागेका ग्रीन कार्ड होल्डर र पीआर लिएकाहरुले पठाइदिने सपना देखाएर धेरै ठगी भइरहेको पनि हल्ला सुनिने गरिएको छ । पछिल्लो समय आफ्नो मुलुक, कला, संस्कृतिलाई अन्तर्राष्टियकरण गर्नुको सट्टामा उतै पलायन हुने वातावरण सिर्जना भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु