अम्बिकाका कर्णप्रिय शब्दमा अञ्जुको स्वर

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७५, शुक्रबार

१८ जेठ, काठमाडौं । चलचित्रको पाश्र्व गायनमा सक्रिय भैरहेकी गायिका अञ्जु पन्त सुगम संगीतका गीतमा पनि उत्तिकै समय दिन भ्याइरहेकी छिन् । दर्जनौं लोकप्रिय गीतकी यी गायिकाको स्वरमा रेकर्ड भएको एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । आधुनिक शैलीको ‘त्यो मनसंग यो मन…’ गीतमा गायिका अञ्जु पन्त निकै मेलोडियस सुनिएकी छिन् ।

ओम कर्माचार्यको संगीत तथा संगीत संयोजनमा तयार भएको उक्त गीतका रोमान्टिक शब्दहरु गीतकार अम्बिका ज्ञवालीले रचना गरेकी हुन् । गीतकार ज्ञवालीले गीतका शब्दहरुलाई प्रेमिल बनाउन प्रसस्त मेहनत गरेकी छिन् । रमाइलो कुरा के छ भने यही गीतको म्युजिक भिडियोमा गीतकार ज्ञवालीलाई मोडलको रुपमा समेत देख्न सकिन्छ । भिडियोमा गीतकार ज्ञवालीले अभिनेता अनिल थापासंग अनस्क्रिन रोमान्स गरेकी छिन् । उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

चलचित्र कोहलपुर एक्सप्रेसका युवा निर्देश्ँक विशाल भण्डारी यही भिडियोमार्फत पुनः म्युजिक भिडियोको निर्देश्ँनमा सक्रिय भएका छन् । उक्त चलचित्रका लागि धेरै समय खर्चिएका भण्डारी चलचित्रको प्रदर्शनपछि पुनः भिडियोमा सक्रिय भएका हुन् । प्रस्तुत गीतको भिडियो उनले पछिल्लो चरणमा निर्देश्ँन गरेका भिडियोहरु मध्येको एक हो । कोहलपुर एक्सप्रेसको सफलतापछि चलचित्रकै निर्देश्ँनका लागि आइरहेको प्रस्तावलाई केही समय था“ति राख्दै भण्डारीले केही समय म्युजिक भिडियोलाई दिने निर्णय गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु