अरुले दिएको धोकाबाट जन्मियो सुमन र सन्तोषको ‘साथी’

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७४, शनिबार

काठमाडौं । अरुको लागि लेखिएको गीतमा धोका पाएपछि पत्रकार सुमन पण्डित र संगीतकार सन्तोष श्रेष्ठको ‘साथी’ सार्वजनिक भएको छ । पत्रकारिताको माध्यमले चिनिएका सुमन पण्डितको एकल रचना एवं संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा तयार भएको गीतिसंग्रह ‘साथी’ काठमाडौको विनायो क्याफेमा सार्वजनिक गरिएको हो ।

sathi

संगीत कला पत्रकार संघका अध्यक्ष समेत रहेका सुमनको वैशाख २० मा परेको जन्मदिनको अवसर आयोजित कार्यक्रममा केक काटेर सुमन र साथीको सफलताको कामना गरिएको थियो । संगीत कला पत्रकारसंघका तर्फबाट केक तथा विशिष्ट व्यक्तित्वहरुले शुभकामनाका साथमा उपहारहरु समेत प्रदान गरेका थिए ।

sunan bairagi-cake

गीतकार श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता एवं गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, गायिका एवं नेत्री कोमल वली, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा एवं संगीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठाको विशेष आतिथ्यतामा गीतिसंग्रह ‘साथी’ सार्वजनिक भएको हो ।

alboum-lunch-sabita pokharel

म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रमलाई पत्रकार एवं गीतकार शान्तिप्रियले संचालन गर्दै गीतकार पण्डितसँगको सहकार्यको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले आफ्नो डेढ दशक लामो सांगीतिक यात्रामा गीतकार पण्डितसँग भएको सहकार्यका बारेमा बताएका थिए ।

संगीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठाले गीतकार सुमन पण्डितको बारेमा बोल्दै नजिकबाट संगत गर्ने मौका मिलेको बताइन् । उनले पत्रकारको परिचयमा आफूले चिनेको व्यक्तिलाई गीतकारको परिचयमा देख्न पाएकोमा खुशी व्यक्त गरेकी थिइन् भने संगीतकार सन्तोष श्रेष्ठको सांगीतिक उचाइको बारेमा चर्चा गरेकी थिइन् ।

bineeta marhattha

त्यसैगरी प्राज्ञ ज्योतिप्रकाश विश्वकर्माले शब्दकार, पत्रकार र मिलनसार व्यक्तिको रुपमा पाएको बताएका थिए भने गायिका कोमल वलीले संगीत क्षेत्रमा म्यूजिक खबर डटकम, सबिता पोखरेल र सुमनको योगदान रहेको बताउँदै सरकारले राम्रो काम गर्नेले हेर्न नसकेको हुँदा त्यो ठाउँमा आफू पुगेको दिन सहयोग गर्ने बताइन् ।

 

त्यसैगरी गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गीतकार सुमन र संगीतकार सन्तोषको सांगीतिक क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै साथी एल्बमले सफलता पाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्रीपुरुष ढकालले गीतसंगीतको वर्तमान अवस्था औंल्याउँदै गीत राम्रो लेख्न सके आफैं चर्चाको शिखरमा पुग्ने बताएका थिए ।

 

Shree-purus-Dhakal

त्यस्तै गीतकार सुमन पण्डितले गीत सिर्जना र एल्बमको सुरुवातदेखिको अवस्था औंल्याउँदै अरुले दिएको धोकाबाट एल्बम सिर्जना हुन पुगेको बताएका थिए ।

suman bairagi

साथी एल्बममा ६ वटा गीत समावेश गरिएको छ । नेपाल भएर नै, नजलाइदेउ मुटु, तिमीले सधैं पीडा दियौ, भन्दै होलान् जस्ता गीत समावेश रहेका छन् । जसमा युवराज चौलागाईं, प्रमोद खरेल, काव्य आचार्य, दुर्गा खरेल, शिशिर योगी र कन्हैया सिंहको स्वर रहेको छ ।

birthday-gift

sathi- albom bimochan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु