अर्जुनले चुमे इनास अवार्ड, यो वर्ष प्रेम गीतकै वर्चश्व

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७३, बुधबार

संगीतकार अर्जुन पोखरेलको पोल्टामा सिक्किममा भएको इनास अवार्ड परेको छ । उनले प्रेम गीतबाट इनास अवार्ड चुम्न सफल भएका हुन् । सिक्किममा सम्पन्न भएको उक्त अवार्डमा सहभागी हुन पुगेका संगीतकार अर्जुन पोखरेलले इनास अवार्डमा उत्कृष्ट संगीतकारको अवार्ड चुम्न सफल भएका हुन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ सिक्किम च्याप्टरले आयोजना गरेको उक्त अवार्डमा अर्जुन पोखरेलले संगीतकारको अवार्ड चुमेपछि उनको अवार्डको संख्या २७ औं भएको छ । गायकबाट पहिलो अवार्ड चुमेका पोखरेलले निरन्तर अवार्ड चुम्दै गर्दा २७ औं अवार्डका रुपमा इनास अवार्ड चुम्न सफल भएका छन् । गायकबाट संगीतकारको अवार्ड चुम्दै जाँदा यस वर्ष मात्रै उनले ६ वटा अवार्ड चुम्न सफल भए । पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड, डि सिने अवार्ड, इमेज अवार्ड, एनएपडिसी राष्ट्रिय चलचित्र अवार्ड, एलजी फिल्म अवार्ड हुँदै इनास अवार्डसम्म आइपुग्दा प्रेम गीतबाट छैटौं अवार्ड यसै वर्ष मात्र प्राप्त गरेका छन् ।

arjun-inas
पछिल्लो समय चलचित्र संगीतमा एकछत्र राज गर्न सफल भएका संगीतकार अर्जुन पोखरेल त्यसो त राम्रा गीतकार पनि हुन् । उनको शब्द संगीतमा रहेका गीतहरु प्राय गरेर धेरै नै चर्चामा छन् । यस वर्ष उनले संगीत गरेको चलचित्र प्रेम गीतको शीर्ष गीतबाटै उनले सबै अवार्डमा कब्जा जमाएका हुन् । उनकै गृहजिल्लामा हुने कालिका म्यूजिक अवार्डबाहेक मुलुकमा भएका प्राय सबै अवार्ड उनले नै चुम्न सफल भएका छन् ।

inas-award
त्यस्तै प्रेम गीतबाटै गायिका अन्जु पन्त र गीतकारमा डा.कृष्णहरि बरालले अवार्ड चुम्न सफल भएका छन् भने गायकमा चलचित्र क्लासिकबाट युवराज चौलागाईंले अवार्ड चुम्न सफल भएका छन् । इनास अवार्ड चुम्न सफल सम्पूर्णलाई हार्दिक बधाई एवं शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु