अर्जुन मिलनको ‘एउटा जीवन’ बजारमा

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७२, आईतवार

काठमाण्डौ । वर्तमान समयमा नेपालको सांगीतिक क्षेत्रप्रति स्रष्टा तथा सर्जकहरुले चित्त बुझाउने परिस्थिति छैन । यद्यपी प्राय दैनिकजसो नयाँ सांगीतिक कोशेलीहरु विमोचित हुने पनि गरेका छन् । सायद आफ्ना सिर्जनाबाट कुनै आर्थिक प्रतिफलको अपेक्षा नगर्ने भएकैले सांगीतिक बजारको गतिरोधको वेवास्ता गर्दै स्रष्टाहरुले आफ्ना कोशेलीहरु पस्किरहेका हुन्छन् । यस्तै क्रममा पछिल्लो समयमा गायक अर्जुन मिलन पनि गम्भीर र रसिला गीत यूक्त एल्बम ‘एउटा जीवन’ लिएर सांगीतिक बजारमा आएका छन् । अर्जुन मिलन नेपालका चर्चित संविधानविद् डा. भीमार्जुन आचार्यको साहित्यिक नाम हो ।
राजधानीमा आयोजीत एल्मब ‘एउटा जीवन’ बिमोचित कार्यक्रममा गीतकार किरण खरेल, श्रीपुरुष ढकाल, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, धनेन्द्र बिमल, रमेश क्षितिज, कलाकार हरिहर शर्मा, गौरी मल्ल, कृष्ण मल्ल, सञ्चारकर्मी रविन्द्र मिश्र, प्रेम बानियाँ, रवि लामिछाने, कोमल ओली, संगीतकार सन्तोष श्रेष्ठ लगायत नेपालको कानुन ,निजामती प्रशासन, सुरक्षा तथा संचार क्षेत्रका प्रसिद्ध ब्यक्तिहरुको समेत बाक्लो उपस्थिति थियो । कार्यक्रममा एल्बमको गीति पक्षको समिक्षा डा. सनतकुमार वस्तीले गरेका थिए भने संगीत तर्फको समिक्षा संगीतकार गायक टीका भण्डारीले गरेका थिए। संगीतकार भण्डारीले समिक्षा गर्ने क्रममा ‘एउटा जीवन’का गीतहरु साँझमा सुन्ने खालका छन् भनेका थिए ।

bhimarjun_album1
एल्बम ‘एउटा जीवन’ भित्र क्षेत्रप्रताप अधिकारी, किरण खरेल, कालीप्रसाद रिजाल, श्री पुरुष ढकाल, रमेश क्षितिज र अर्जुन मिलनका गीति रचनाहरु रहेका छन् भने नारायण रायमाझी, टीका भण्डारी, सन्तोष श्रेष्ठ, सागर अधिकारी र अर्जुन मिलनको संगीत रहेको छ । एल्बममा गम्भिर रसिला प्रकृतिका ७ वटा गीतहरु रहेका छन् जसमा जीवन दर्शन, माया प्रेम र जीवनका भोगाइहरु सुन्न सकिन्छ ।bhimarjun_album

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु