गायक दिल तामाङलाई रोधीमा नाचेको झल्को आएपछि … (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७३, मंगलवार

काठमाण्डौ । एक दशक देखी अस्ट्रेलिया लाई कर्मभुमी बनाएर बसेका युवा गायक दिल तामाङ नेपाली साङीतिक क्षेत्रमा नौलो नाम होइन । सन २०११ मा आफ्नो पहिलो साङीतिक अल्बम निकालेर आफ्नो गायन क्षेत्रलाई अगाडि बढाएका थिए । सन २०१३ मा उनको सिङ्गल ट्र्याक ‘म त नेपाली ठिटो बोली बचन मिठो’ले निकै चर्चा कमएको थियो । स्वर्गिय निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको उक्त गीतमा प्रियन्का कार्की र अनिल थापा को प्रसन्सानिय अभिनय रहेको छ । गीत लेखने, संगीत भर्ने र गाउन निकै सिपालु दिल तामाङ बिदेशको ब्यस्त जीवनयापन मा पनि आफुलाई नेपाली गीत संगीत प्रती समर्पित गरेका छन् ।

dil_tamang

अहिले सम्म ३ दर्जन भन्दा बढी गीत रेर्कड गराइ सकेका तामाङ ले अरु गायक गायिका हरुलाई समेत आफ्नो रचना र संगीतमा गाउन दिएका छन्। फुर्सद को समय मा आफुलाई रचना गर्न मन पर्छ भन्ने उनै गायक तामाङ ले हाल सालै आफ्नै शब्द संगीत अनी स्वर मा ‘झल्को आयो रोधिमा नाचेको माया सँग कम्मरै भाचेको’ भन्ने बोल को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाल मा अहिले निकै चर्चा कमाइ रहेका युवा हरु को समुह भिम्फेदी गाइज को उत्कृष्ट निर्देशन , नृत्य र प्रस्तुती रहेको उक्त म्युजिक भिडियोले अहिले निकै चर्चा बटुल्दै आइरहेको छ । मकवानपुर को भिम्फेदी वरपर छायांकन गरिएको यस म्युजिक भिडियो मा मल्लिका शाक्यले भिम्फेदी गाइजलाई अभिनयमा साथ दिएका छन् भने पवन सुस्लिङ को क्यामेरा वोर्क र भिडियो सम्पादन भने दि मोन्टेज को रहेको छ ।

rodhi

परदेसीहरुले आफ्नो गाउ घरमा हुने रोधीको नाच गानको झल्को आउने बिशेस गरेर आफ्नो सोल्टिनीहरु र मायाहरुको सम्झना आउने भन्ने मुख्य भाब रहेको छ । अतिनै मेहनत गरेर गरिएको यस् म्युजिक भिडियोमा अहिले को प्रचलित ड्रोन समेत प्रयोग गरिएको हेर्न पाईन्छ । नेपाली युवा पुस्ताहरु को ढुक्ढुकी बन्न सफल भिम्फेदी गाइज को अतिनै प्रसंसनीय नृत्य रहेको यस म्युजिक भिडियोलाई युवा निर्देशक तथा कोरियोग्राफर निर्मल लामा ले कोरियोग्राफी गरेका छन् ।

 भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु