• ‘अहिले आएर थाहा पाएँ त्यतिबेला मुर्गा भएछु’

    म्यूजिक खबर
    प्रकाशित: १४ चैत्र २०७४, बुधबार १५:५२

    सविता पोखरेल/म्यूजिकखबर
    कला पंगेनी, लोकदोहोरी गायिकाको रुपमा परिचित नाम हो । मुलुकमा हुने मेला महोत्सव र विदेशका कार्यक्रमहरुमा पनि उनको व्यस्तता बढ्दै गएको छ । जवानीको जोश, शिरमा ढाका टोपी, बोले हुन्न र जस्ता पाँच दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेकी गायिका कला पंगेनीले गायिका बन्ने रहरसँगै ब्यूटिसियन बन्ने रहर मनमा पालेकी थिइन् । उनी गायिका त भइन् तर ब्यूटिसियन बन्ने रहर भने बल्ल एकदशकपछि पूरा गर्दैछिन् । हप्ताको पाँच दिन उनी गीतसंगीतका कार्यक्रमहरुमा व्यस्त हुने उनी दुई दिन भने ब्यूटि पार्लरमा व्यस्त हुने गर्छिन् । काठमाडौंको सामाखुशी सरकारीधारामा उनको ‘गोरखकाली ब्यूटि पार्लर’ संचालनमा आएको छ । उनको गीतसंगीतको यात्रासँगै ब्यूटि पार्लरको पेशाले झन् नाम र दामको यात्रा अघि बढेको छ ।


    पछिल्लो समय धेरै कलाकारहरु अन्य व्यवसायमा पनि आबद्ध हुँदै आएका छन् । साइड बिजनेश धेरैले गरिरहेको अवस्थामा मैले पनि सामान्य रुपमा पार्लर व्यवसायमा जोडिएको हुँ । तर कलाकारितामा कमाइ नभएर भने पार्लर खोलेको होइन, गायिका पंगेनीले बताइन् ।
    बोले हुन्न र, माया मारेर, रुन्न कहिल्यै नि जस्ता गीत समावेश रहेको एल्बम लिएर ११ वर्ष अगाडि सांगीतिक क्षेत्रमा पाइला टेकेकी गायिका पंगेनी यतिबेला चर्चा बटुल्दै छिन् । सुरुको अवस्थामा गीत रेकर्ड गरेर बजारमा पठाएपछि जुन उद्देश्य बोकेको थिएँ त्यो चाहिँ हुन सकेन । अडियो भिडियो निर्माण गरेर कम्पनीलाई बुझाइसकेपछि फेरि मिडियामा बजाउन पैसा चाहियो भन्नुभयो तर मिडियामा बजेन । क्यासेटहरु पनि बजारमा राम्रोसँग बितरण भएन । त्यतिबेला अडियो क्यासेटहरु बजारमा राम्रो बिक्री हुने बेला थियो तर बजारमा राम्रोसँग नपठाइदिएर पैसा मात्रै माग्ने काम ग¥यो । आजभोलि सम्झिँदा लाग्छ म त्यतिबेला ‘मुर्गा’ बनेको रहेछु । मैले जुन सोचेको थिएँ कम्पनी भन्ने त्यो हुँदो रहेनछ । कम्पनीले गरेको व्यवहारका कारण त्यतिबेला म अब गीतसंगीतमा फर्किन्नँ भन्ने सोचमा पुगेको थिएँ । तर मेरो श्रीमान् दुर्गा पंगेनीले तिमीसँग कलागला छ भने किन पछि हट्ने एउटाले ठग्यो भनेर पछि हट्ने होइन अब सजग रहेर गायनलाई नै निरन्तरता दिनुपर्छ भन्नुभयो र स्टुडियोसम्म पु¥याउनु भयो । काले मोराले, विदेश गाका मेरा हजुन, रुन्न कहिल्यै नि तिजको भिसीडी बजारमा ल्याउन सफल भए । उहाँले पुनः गीतसंगीतमा नडो¥याएको भए म गीतसंगीतमा हुन्थिनँ होला ।

    विदेश गा’का मेरा हजुर बोलको गीतलाई भने नेपाल टेलिभिजनले बजाउन मानेन । दुई अर्थ लाग्ने गीत भयो भन्दै बन्देज लगायो तर अन्य मिडियाले त्यस्तो छैन भनेर सपोर्ट गरिदिनुभयो ।
    छिमेकीले घरजग्गा मिचिगो सकिन किलो सार्नलाई
    मैले मात्रै कति ठाउँ हेर्ने हो आउँ बुढा छिटो यहाँ किलो गाड्नलाई
    मैले विदेश गएका युवाहरुको पारिवारिक कथालाई प्रस्तुत गर्न खोज्दा बन्देज लगाइएको थियो । उद्देश्य नराम्रो थिएन तर पनि त्यस गीतले झन् मलाई चर्चामा ल्याइदियो ।
    गीतसंगीतमा आएको विकृतिप्रति उनी निकै ध्यान दिने गर्छिन । कुनै पनि शब्दले मेला महोत्सवमा होस् या समाजमा आँच आउने खालका गीत उनी गाउँदिनन् । धेरैले यो गीत गाइदिन प¥यो भन्दा म शब्द राम्रो नभएसम्म म गाउँदिन, पंगेनीले भनिन्– ‘गाउनु मात्रै ठूलो कुरा होइन इज्जतको पनि ख्याल गर्नुपर्छ ।’ समय परिवर्तन भयो भन्दैमा विकृति कसैले पनि खोजेको छैन त्योप्रति सबै सचेत हुन उनको आग्रह छ ।

    उनी स्टेजमा चढेर गीत गाउन थालेपछि ‘जवानीको जोश’ गीतले दर्शकहरुलाई निकै उचाल्ने गरेको हुन्छ । खुमन अधिकारीले स्वर साथ दिएको उक्त गीतलाई दुर्गा पंगेनीले शब्द लेखेका छन् । यो गीत जब स्टेजमा गाउँछु वान्समोर धेरै आउने गर्छ उनले भनिन् ।

    सांस्कृतिक कार्यक्रमको सिलसिलामा उनको अविश्मरणीय क्षण बनेको दिनमध्ये एकजना फ्यानले साह्रै मन पराएर पछि लागेको कुराले निकै सतायो । आयोजकसँग फोन नम्बर लिएर धेरै समय डिस्ट्रब गर्ने गरेपछि निकै सम्झाएँ म विवाहित हो भन्दा पनि एकोहोरो भएर लाग्नुभयो । व्यक्तिगत रुपमा भेटघाट नभए पनि फोन र म्यासेजबाट नै म हैरान भएँ तर अहिले ठीक हुनुभएको छ ।
    गीतसंगीतमा लागेपछि उनले जिन्दगीलाई राम्रो सँग बुझेकी छन् । पारिवारिक सर्पोट पाएर नै गीतसंगीतमा लागेकी उनले मिडियाको राम्रो सपोर्ट पाएकै कारण यो क्षेत्रमा टिक्न र बिक्न सफल भएको उनी बताउँछिन् । गीत गाएर मात्रै हुँदैन मिडिया भएन भने सफलताको श्रेणी चुम्न सकिँदैन उनले भनिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु