अ रियल लाइफ हिरो हुँदै

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७१, शुक्रबार

काठमाडौं । अ रियल लाइफ हिरो क्याम्पियन अन्तर्गत आगामी चैत १४ गते काठमाडौंमा एक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । दातालाई सम्मान गर्दै सातौं वार्षिकोत्सवसमेत मनाउन लागेको संयुक्त अपांग एकता समाजले काठमाडौं राष्ट्रिय नाचघरमा चैत १४ गते देशका चर्चित कलाकारहरुको जमघट गराउन लागेको छ ।
उक्त कार्यक्रममा गायिका अन्जु पन्त, सुनिता प्रधान, गायक सिताराम पोखरेल, नायिका शुभेच्छा थापा, कलाकार सुरज प्रजापति डोनरका रुपमा रहेका छन् । कार्यक्रममा डोनर कलाकारको प्रस्तुति रहने छ भने उनीहरुका साथमा ज्योति मगर, सहिमा श्रेष्ठ, कविता शर्मा, शंकर बिसी, सीमा शाह, सिर्जना बस्नेत, बद्री पंगेनी, धिरज राई, आनन्द कार्की लगायतका कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीको प्रमुख आतिथ्यता रहने बताइएको छ ।
कलाकार तथा संचारकर्मी सरोज केसीले कार्यक्रमको संयोजन गरेका छन् । २०६३ मा स्थापना भएको यस संस्था कपनस्थित चुन्नीखेलमा अवस्थित रहेको छ । यस संस्थामा १ वर्षदेखि १४ वर्षसम्मका ४२ जना बालबालिकाहरु आश्रित रहेको संस्थाका अध्यक्ष तिलबहादुर बुढाथोकीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु