आँखा जुधाएर के खोसाखोस् हो ?

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७१, शनिबार

काठमाडौं । मोडलिङको दुनियाँ पनि अचम्म छ । एक आपसमा कहिले झगडा, कहिले विछोड त कहिले मिलन पनि । दुईवटा मोडल छन् सनम र ममता । यिनको चर्तिकला देखेर पनि अचम्मै लाग्छ । नजर जुधाएर कहिले हानाहान कहिले तानातान, खै के खै के ? त्रिशुल डाँडाको यिनीहरुको रमिता देखेर हेरिसाध्यै भएन ।
बादल थापाको स्वरमा रहेको गीत मनमै बसी जान्छ्यौको म्यूजिक भिडियोका केही दृश्यहरुलाई हेर्दा म्यूजिक भिडियोका मोडल सनम कठायत, ममता धामी र राजेन्द्र भट्टका अभिनयले पक्कै पनि ममताको मायाले राजेन्द्र र सनमको मनमा बसेको भान भइरहेको थियो । सनम कठायत पछिल्लो समयका चर्चित मोडल हुन् भने उनी लामो समयदेखि आरजेका रुपमा संचारमाध्यममा आबद्ध रहेर पत्रकारिता गरिरहेका छन् ।

राजेन्द्र भट्टको शब्दमा सन्तोष केसीको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो त्रिशुल डाँडाको रमणीय दृश्यमा छायाँकन गरिएको हो । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको यो म्यूजिक भिडियोको निर्देशन भने विधान कार्कीले गरेका हुन् । यस भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका छन् ।

10967567_993289094034551_193410962_o 10988623_993289084034552_572984162_o

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु