आउँदा जाँदा भेट हुनी ख्यालै नहुनी

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७३, मंगलवार

कोही कोही यस्ता पनि हुन्छन् सधैं भेट गर्छन् अनि ख्यालै भएन भनेर कुरा टार्ने गर्छन् । अब त्यस्ता मान्छेले केको मेसो पाउनु, केको होस् आउनु जे जुसकै होस् ख्याल भएन भन्यो कुरा टा¥यो । त्यस्तैमा देखिए हेमन्त शर्मा पनि । उनलाई पनि आँउदा जाँदा भेट हुनी ख्याल नहुनी रोगले सताएछ ।

hemanta-sharma
लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शिब हमालको शब्द संगीत रहेको ‘जमिन मूनी बदाम फल्यो’बोलको सार्वजनिक गीतमा श्यामस्वेत रसाईलीको संगीत संयोजन रहेको छ । प्राय गीत आफै लेख्ने, संगीत गर्ने र गाउने शर्मा पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा पनि देखा परेका छन् । तर यसपटकबाट उनले निर्देशन भने आफंै गरेका छन् । भिडियोमा नायिका प्रियंका कार्की र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । राजिव समर कोरियोग्राफि रहेको भिडियोलाई धिरज जंग शाहको छायाँकनमा प्रकाश तुलाधरले सम्पादन गरेक छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु