आचार्य घरानाबाट बाहिरियो प्रेमकथा

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७३, मंगलवार

सांगीतिक क्षेत्रमा घरानाको कुरा गर्दा नेपालमा आचार्य घरानालाई लिइने गरिन्छ । भजन शिरोमणि भक्तराज आचार्यको घरानालाई एउटा सांगीतिक घरानाको रुपमा चिनिन्छ । गायक प्रेम सेनको आधुनिक गीतिएल्बम ‘प्रेमकथा’लाई आचार्य घरानाबाट सार्वजनिक गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्य, सुशिला आचार्य, स्वरुपराज आचार्य, सत्यराज आचार्यको हातबाट प्रेमकथालाई सार्वजनिक गरिएको हो ।

समारोहमा गायक सेनले भजन शिरोमणी आचार्यलाई नगद २५ हजार रुपैया“ तथा ताम्रपत्रसहित सम्मान गरेका थिए । नेपाली सांगीतिक क्ष्ँेत्रका शिखर पुरुष युवापुस्ताका संगीतकमीहरुको प्रेरणाको स्रोत भएको भन्दै गायक सेनले संगीत शिरोमणी आचार्यलाई सम्मान गरेका हुन् ।

Bimochan
विमोचित एल्बममा आधुनिक शैलीका सात वटा गीतहरु सुन्न सकिन्छ । एल्बममा हरि लम्साल, साजन शाह, बिनोद खम्बु, कमल क्षेत्री तथा टिका बोमजनद्वारा संगीतबद्ध गीतहरु समावेश छन् । यी मेलोडियसहरुमा नरेश भट्टराई, साजन शाह, कमल खत्री, सूर्य दोङ तथा टिका बोमजनका शब्दहरु सुन्न सकिन्छ ।

विमोचन समारोहमा गायक तथा संगीतकार सत्यराज आचार्यले विमोचित एल्बमका गीतहरुको समिक्षा गर्दै गायक प्रेम सेनको गायन कलाको प्रसंसा गरेका थिए । सत्यराजको समिक्षा सुनेपछि उनका बुवा भक्तराज आचार्यले कार्यक्रम सञ्चालक नरेश भट्टराईमार्फत गायक प्रेमको गायकीको प्रसंसा गर्दै गीत गाउ“दा स्पष्ट शब्द उच्चारणमा ध्यान दिनु पर्ने सुझाव दिएका थिए । संगीतकर्मी तथा गायक स्वरुपराज आचार्यले पनि गायक प्रेम सेनको गायकीको प्रसंसा गरेका थिए ।

समारोमा एल्बममा समावेश दुई वटा गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । अर्जुन अधिकारीद्वारा संगीतबद्ध ‘तिमीले ला’को’ गीतको भिडियोमा जीवन भट्टराई तथा विपना थापाले अभिनय गरेका छन् । प्रसन्न पौडेलद्वारा निर्देशित ‘थाहा छैन…’ गीतको भिडियोलाई भने प्रसन्न पौडेलले निर्देशन गरेका छन् जसमा विवेक सिंह ठकरीले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु