आजभोलि तलासमा वीपी

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं । गायक वीपी वाग्ले यतिखेर तलासमा व्यस्त छन् । गायनलाई नै आफ्नो कर्मथालो मान्दै भाग्य खोजिरहेका वीपीले यसअघि पहिलो एल्बम मधुर वचन लिएर आएका थिए । पहिलो एल्बमबाट सांगीतिक क्षेत्रको यात्रामा सुरुवात गरेका वीपीले त्यसपछि धेरै नै गीतहरु गाए । एल्बमकै निरन्तरतामा यतिबेला वीपीले दोस्रो एल्बम तलासको तयारी गरिरहेका छन् ।
भर्खरै मात्र तलास एल्बमको एक गीत आजभोलिको म्यूजिक भिडियोसमेत तयार गरेका वीपीले उक्त गीतमा स्वर र संगीत आफैंले भरेका छन् । आजभोलिको शब्द यशराजले लेखेका छन् भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । नितिन चन्दको निर्देशनमा तयार भएको उक्त म्यूजिक भिडियोमा विकास लामिछाने र मरिक्सा पोखरेलको अभिनय रहेको छ । यसका निर्माता भने गणेश तिमिल्सिना रहेका छन् । तलासलाई वीपीले छिट्टै नै बजारमा ल्याउने तयारीमा रहेका छन् ।

 

2 1 3

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु