आत्मभावमा हराउँदैछन् डीआर

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७३, शुक्रबार

गीतकार डीआर यतिबेला आत्मभावभित्र हराउँदैछन् । मनको तरेलीमा तरङ्गिएका डीआर कहिले डाँडाकाँडातिर टहलिन्छन् त कहिले मायाप्रेमभित्र डुबुल्कि मार्ने गर्छन् । आफ्नो जन्मभूमिभित्र हराइरहेका गीतकार डीआर यतिबेला आत्मभावभित्र हराउन थालेका छन् । समाज, प्रकृति, मायाप्रेमभित्रको मिलन विछोडसबैभित्रको आत्मभाव डीआरको पछिल्लो कृति हो ।

गीतकार डी. आर.ले आफ्नो गीति संग्रह ‘आत्मभाव’ बजारमा आएको छ । यसै साता उनले आफ्नो कृति ‘आत्मभाव’ सार्वजनिक गरेका हुन् । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा र उनकी आमाले उनको ‘आत्मभाव’ सार्वजनिक गरेका हुन् ।

aatmabhab

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र साहित्यिक पत्रकार संघको आयोजनामा यसै साता मण्डला थिएटरमा उनको कृति सार्वजनिक भएको हो । डि।आर।को ‘आत्मभाव’माथि संगीतकार सन्तोष श्रेष्ठले समिक्षा गरेका थिए । कार्यक्रममा प्राज्ञ वरिष्ठ गीतकार उन्नती बोहरा शीला, रामबाबु सुवेदी लगायतका स्रष्टाले गीतकारलाई शुुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा गायकहरु थिरज राई, विजय परियार, विमल गौत्तम र विनोद राईले स्रष्टा डी. आर.का गीतहरु गाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु