आधुनिक गीत प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदै

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७२, बिहीबार

काठमाडौँ । रेडियो नेपालको ६६औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आजदेखि सुरू भएको छ ।

पाँचै विकास क्षेत्रमा रहेका रेडियो नेपालका क्षेत्रीय प्रसारण केन्द्रबाट छनोट भएर आएका ४६ र काठमाडौँबाट छनोट भएका २१ जनाबीच आज९बिहीबार० र शुक्रबार प्रतिस्पर्धा हुने छ । यही चैत २० गते हुने वाषिकोत्सवका अवसरमा प्रथम हुनेलाई रु २५ हजार, द्वितीयलाई रु १५ हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार वितरण गरिने छ । त्यसैगरी उत्कृष्ट सङ्गीतकार र गीतकारलाई रु १० –१० हजार प्रदान गरिने छ ।

radionepal modern songs

प्रतियोगिताको यहाँ आज उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले रेडियोको भिडमा आफूलाई सधैँ एक कदम अगाडि बढाउँदै आएको रेडियो नेपालले आधुनिक गीत प्रतियोगितालाई निरन्तरता दिनु आफैँमा ऐतिहासिक भएको धारणा राखे ।

दिनेश अधिकारी, कुन्ती मोक्तान, टीका भण्डारी र भूपेन्द्र रायमाझी सो प्रतियोगिताको निर्णायकमण्डलमा रहेका छन्। आधुनिक गीतसङ्गीतका क्षेत्रमा नयाँ पुस्तालाई प्रवेश गराउने उद्देश्यले २०२२ सालदेखि रेडियो नेपालले प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । रासस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु