आमाबाटै संसारको सुरुवात भएकोः गायक शिवाकोटी

म्यूजिक खबर
प्रकाशित: ९ कार्तिक २०७३, मंगलवार

गायक किशोर शिवाकोटी संसारका सबै प्राणीको सुरुवात आमाबाटै भएको बताउँदै आमाभन्दा संसारमा ठूलो कोही पनि नभएको दाबी गरे । आमा नभएको भए म यो धर्तीमा हुने थिइनँ उनले अलि भावुक बन्दै भन्दै गर्दा त्यही भावुकताभित्र उनले उनेको शब्द र संगीतको जादूभित्र स्वरको त्रिवेणी पस्किँदा झनै सुमधुर बन्न सफल भयो । संसारको सबैभन्दा अमुल्य कुरा हो, आमा । आमाले संसार छाडेपछि दिनबाट संसार आफ्नो होइनकी जस्तो लागिरहेको बताउँदै गायक शिवाकोटीले आमाकै यादमा गीत लेखेका हुन् । उनलाई आमाको यादले औधि सतायो । त्यसपछि उनले आमाको अभावको गीत लेखे घर शून्य भो, आँगन शून्य भो, तिमी बिनाको यो घर अध्याँरो भयो । आमा‘ तिमी कहाँ छौ ? छ भने पुनर्जन्म तिम्रै कोखमा जन्मन पाउँ । यो गीतसँगै उनको एल्बम ‘ट्रिब्यूट’को सार्वजनिक भएको थियो । गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गीतसंगीत क्षेत्रका विशिष्ट, चर्चित गीतकार, संगीतकार, गायकहरुको उपस्थिति रहेको थियो ।

kishor-shiwakoti

यस्तै मिठा ९ ओटा गीत जम्मा गरेर उनले एल्बम ’ट्रिब्यूट’ (समर्पण) ल्याउन सफल भए । गायक प्रेमध्वज प्रधान, फिल्म निर्देशक एवं गीतकार तुलसी घिमिरे, गीतकार डा. कृष्णहरी बराल, गीतकार डा. नवराज लम्साल लगायतले ’ट्रिब्यूट’ एल्बमको विमोचन गरे । उनको गीतका बारेमा बोल्दै प्रेमध्वज प्रधानले आमाप्रति समर्पण गरेको गीत राम्रो भएको बताएका छन् । त्यस्तै उनले गीत लेखन, संगीत र गाउने त्रिवेणीको कामको प्रसंसा गरेका थिए । गीतमा चर्चीत भारतीय गायिका आशा भोस्लेले पनि साथ दिएकी छन् । आशाले ’गुराँस फूल्यो‘’ बोलको गीतमा आवाज दिएकी छिन् ।

kishor-thapa

यो भिडियोमा नायिका प्रियंका कार्की र नायक दिपर्शन जंग राणाको मोडलिङ रहेको छ । विमोचन कार्यक्रममा उक्त गीतको भिडियो प्रदर्शन गर्नुका साथै किशोरले तीनवटा गीत गाएका थिए । एल्बममा गायक किशोरका साथै सरबजीत राई, डा. नवराज लम्साल, एकनारायण भन्डारी, अम्बर सुब्बा, दिपक दशनामी, कुशुम गजमेरका शब्द रहेका छन् । त्यस्तै संगीतमा किशोरका अलवा रञ्जित गजमेर, सुनील मास्के, सत्यस्वरुप आचार्य, अम्बर सुब्बा, किरण गजमेरको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु