मुम्बई , २३ माघ । यहि शुक्रवार अर्थात फेब्रुअरी ९ मा रिलिज हुने बलिवुडको फिल्म प्याडम्यानको यतिबेला प्रमोशन काम भैरहेको छ ।
महिलाहरुको महिनावारीसम्बन्धि विषयमा बनेको यो फिल्मको प्रमोशनमा अहिले बलिवुडका सेलिब्रेटीहरुले साथ दिइरहेका छन् । समाजलाई शिक्षा दिने यो फिल्मको प्रमोशनमा आमिर खानले निकै सहयोग गरिरहेका छन । उनले प्याड लिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर फिल्मको प्रमोशनमा सहयोग गरेका हुन ।
फिल्मकी निर्मात्री समेत रहेकी ट्वीङकल खन्ना, फिल्मकी अभिनेत्री राधिका आप्टे, फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका अक्षय कुमारलगायतले प्याड सहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर फिल्मको प्रमोशन गरेका छन् ।
सामाजिक समस्यालाई फिल्ममा उठाएर फिल्म बनाउन थालेका अक्षयकुमारले यस अघि भारतमा ट्वाइलेटको समस्यालाई उठान गर्दै ट्वाइलेट एक प्रेम कथा नामको फिल्म बनाएका थिए जसलाई दर्शकले अत्यन्त मन पराएका थिए । त्यसअघि अक्षयकुमारले अभिनय गरेको फिल्म रुस्तमका लागि उनले राष्ट्रीय अवार्ड समेत पाएका थिए ।
फिल्ममा अक्षयकुमार, राधिका आप्टे र सोनाम कपुरको प्रमुख भूमिका रहेको छ ।