आयोजकको लापरवाहीमा परे शिव

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७१, बुधबार

कतार, १४ साउन । गायक शिव परियार कतारमा भएको मेघा कन्सर्टमा आफ्नो प्रस्तुति देखाउने क्रममा आयोजकबाट अपहेलना भएको बताएका छन् । फेसबुक स्टाटस लेख्दै आयोजकले लापरवाही गरेकै कारण गीत गाउन नपाएको बताएका छन् । कतारबासी नेपालीहरुमा माफी माग्दै आयोजकले आफूलाई गरेको मर्यादित व्यवहारबाट स्रोता, दर्शकलाई आफ्नो प्रस्तुति दिन नपाएको बताएका छन् । कतारमा भएको मेघा कन्सर्टमा शिव परियारका अलावा सुगम पोखरेल, पशुपति शर्मा, सुनिता दुलाल, निष्मा घिमिरे, विष्णु सापकोटा, निरु खड्का लगायतका कलाकार कतार पुगेका थिए । कतारमा सबै कलाकारहरुले नेपालीहरुलाई इदको अवसरमा मनोरञ्जन प्रदान गरेका थिए । तर गायक परियारले भने स्रोता दर्शकको चाहना पूरा गर्न सकेनन् ।

shiva

shiva qatar

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु