आयो अर्को दशैं गीत

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७३, शनिबार

काठमाडौं । प्रवासमा भए पनि नेपाली मन नेपालीपन भने स्वदेशतर्फ नै हुन्छ । प्रवासको मरुभूमिबाट घरबासको याद गराउँदै गीतकार गोविन्द गौतमले दशैंलाई जसरी सम्झिए त्यसैगरी सांगीतिक धूनमा विकास चौधरीले स्वदेशमा उन्दै दशैंको झ–झल्कोलाई पूरा गर्न लागिपरेका छन् । दशैं नजिकिँदै गर्दा मुलुकमा विभिन्न कलाकारहरुले दशैंका गीतहरु बजारमा ल्याउँदै गर्दा गीतकार गोविन्द गौतम र संगीतकार विकास चौधरीले पनि दशैंको कोसेली स्वरुप ‘दशैं आयो’ बोलको गीत बजारमा आएको छ ।

keki-adhikari_
संगीतकार विकास चौधरीको संगीतमा गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वर रहेको दशैं आयो बोलको गीतलाई गोविन्द गौतमले लेखेका हुन् । नेपालीमन र नेपालीपन बोकेर अमेरिकातर्फ लागेका गोविन्द गौतमले घरबासको दशैंलाई एकचोटी सम्झाएका छन् ।

dashain
उक्त गितको म्यूजिक भिडियो छायांकन भएर सम्पादनको कार्य हुँदैछ । बिमल श्रेष्ठको निर्देशनमा तयार म्युजिक भिडियोमा केकी अधिकारी र पुष्प खड्काको साथमा असिम शेर्पा र सबिना केसीको अभिनय देख्न सकिन्छ भने गोबिन्द प्रभातको नृत्य निर्देशन रहेको छ । ज्ञानु राईको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई रविन्द्र खड्काले सम्पादन गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु