आयो शम्भुको स्वरान्तर

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७२, शनिबार

काठमाडौ । शम्भु महर्जनको एकल स्वर रहेको एल्बम स्वरान्तर सार्वजनिक गरिएको छ । शनिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा संगीत तथा नाट्य प्रतिष्ठानका कुलपती सरुभक्त, गीतकार दुर्गालाल श्रेष्ठ ,संगीतज्ञ धनबहादुर गोपाली , संगीतकार जुगल ढंगोललगायतले एल्बम सामुहीक सार्वजनिक गरे ।
कार्यक्रममा कुलपती सरुभत्तले पछिल्लो समय गीत संगीतको ब्यवसाय धरासही हुँदै गएको बताउदै यसलाई श्रष्ठाहरुले बचाउनु पर्ने बेला आएको बताए । उनले एल्बम स्वरान्तर नाम जस्तै भएको प्रसंसा गर्दै एल्बमले संगीतको बजारलाई टेवा पुर्याउने धारणा अगाडी सारे ।
कार्यक्रममा गीतकार दुर्गा लाल श्रेष्ठ, संगीतज्ञ धनबहादुर गोपाली ,संगीतकार जुगल ढंगोललगायतले एल्बम सफलताको लागी शुभकामना दिए ।

joogle
जुगल डंगोलको एकल संगीत रहेको एल्बममा भेट्न पनि बहाना चाहिने.. , अन्मिएर गयौ तिमी ..,म त मायामा जलेको मान्छे ..,जीवन नाम तट सुन्दर …, जननी जन्मभुमिस्च…लगायत बोलका पाँच गीत रहेका छन् । जसमा शब्द डा.कृष्णहरी बराल, उमेश पौडेल, सुनिल संगम, दुर्गालाल श्रेष्ठ, धनश्याम श्रेष्ठका छन् ।

sorankan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु