आलोक श्रीले चलचित्र बनाउने

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७२, बुधबार

चर्चित संगीतकार आलोक श्री अब चलचित्र निर्माता बनेर आउने भएका छन् । गीतसंगीतमा चर्चायोग्य संगीतकारका चिनिएका आलोक श्रीले सयौं गीतमा भरेका संगीत सदाबहार बनिरहेका छन् भने चलचित्रमा पनि उनको संगीतले दह्रो उपस्थिति जनाएको छ ।
गीतसंगीतमा लगानी गर्दा एउटा गीत हिट हुनका लागि ३०– ४० लाख खर्च गर्नुपरेको अवस्थामा अब फिल्म निर्माण नै गर्नुपर्छ भन्ने त्योभन्दा चलचित्र निर्माणमा लाग्छु आलोकश्रीले म्यूजिक खबरलाई बताए । तर उनले निर्माण गर्न लागेको चलचित्रमा भने आफू संगीतकारका रुपमा रहेका छैनन् । चलचित्रको संगीतकारमा विकास चौधरीलाई लिएका छन् । आफैं चर्चाको संगीतकार भएर किन अरुलाई आफ्नो फिल्ममा संगीत गर्न दिनुभएको त भन्ने प्रश्नमा आलोकश्रीले भने ”मलाई विकास चौधरीको चलेछ बतास सुस्तरीको शीर्ष गीतले नै आकर्षित ग¥यो मेरो चलचित्रमा अनुबन्धित गरेँ ।”

aalok shree
चलचित्रमा प्रदीप भारद्वाजको कथा÷पटकथा÷निर्देशन रहने आलोक श्रीले बताए । अहिलेसम्म चलचित्रको नाम जुरेको छैन भने चलचित्रका कलाकारहरुमा भने अहिलेसम्म यही हुन्छ भन्ने नभए पनि आदित्यनाराय झा र अनमोल केसीलाई लिने सोच बनाएको र कुरा पनि भइरहेको बताए । कुसुमे रुमालमा हिरोका रुपमा रहेका उदितनारायण झा र भुवन केसीको चलचित्र जस्तै हिट चलचित्र दिनुपर्छ भन्ने सोचका साथ लागेका आलोकश्रीले अब छोरा पुस्तामा आदित्य र अनमोललाई आफ्नो चलचित्रबाट एकैसाथ ल्याउने सोचमा रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु