आशिष र एञ्जिलाको ‘मेरो हरपल’

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७४, आईतवार

१ असोज २०७४ काठमाडौं । गायक आशिष गौतम ‘सचिन’ तथा गायिका एञ्जिला रेग्मीको स्वरको यूगल गीत ‘मेरो हलपल तिमी…’ को म्युजिक भिडियो दर्शकले मन पराएका छन् । सोमबार यूट्युबमार्फत सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा चलचित्र अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलले अभिनय गरेका छन् ।

सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा आकाश र मरिष्काको रोमान्टिक छविलाई चित्रण गरिएको छ । कुलेखानीको आकर्षक लोकेशनमा निर्देशक आचार्यले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिए झैं रोमान्टिक मुडमा प्रस्तुत गरेका छन् । मनमोहक लोकेशन तथा युवा कलाकारको प्रस्तुतीले म्युजिक भिडियो चलचित्रको गीत झैं सुन्दर बनेको छ ।

संगीतकार भीम बिसीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु पनि संगीतकार बीसीले नै रचना गरेका हुन् । यो गीतमा मनोहर सुनामको संगीत संयोजन छ । यो गीत ‘मेरो हलपल’ शीर्षकको एल्बममा समावेश छ ।

राजिव समरको कोरियोग्राफी रहेको यो भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको यो भिडियोमा जया शर्माको सहायक निर्देशन छ । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो । गायक आशिष गौतमले यो भिडियो प्रस्तुत गरेका हुन् ।

यस्तो छ हरपल तिमी गीतको म्युजिक भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु